श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन् । देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन् ।
कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ ।व्यवहारमा सुधार भएकामध्ये पनि ६५ बर्ष उमेर पुरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो ।
तर हत्या, लागु औषध कारोवार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भ...