निःशुल्क सार्वजनिक शौचालय : काठमाडौं महानगर र ३३ वटा संस्थाबीच सम्झौता

काठमाडौं : आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्।  बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो। महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)‚ उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको  रोहबरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन्। संघ संस्थाका तर्

सम्बन्धित सामग्री

काठमाडौं महानगरले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने

काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो । ‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने । काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधर

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सीएसआरअन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि काठमाडौं महानगर–२६ लाई उक्त मैदान हस्तान्तरणसँगै सर्वसाधारणका लागि लागि खुला गरिएको छ । यो परियोजना महानगरको वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिका खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा–२६ को आग्रहअनुसार एनसेलले मैदानको आगामी २ वर्षसम्म मर्मतसम्भार गर्नेछ । मैदानमा अन्तरराष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छ्याइ मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको एनसेलले बताएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीको छ । मैदानको स्तरोन्नति तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगर–२६ बीच गत वर्ष सम्झौता भएको थियो । ‘जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा कम्पनीले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने । काठमाडौं महानगर–२६ का वडाध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले उत्साहित भएको प्रतिक्रिया दिए । ‘यो मैदान समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँ संरक्षणमा  योगदान पुर्‍याएको छ’, उनले भने । जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजकले पुनर्निर्माणपछि अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानका रूपमा परिवर्तन भएको बताए ।

शौचालय नहुँदा महानगरमा यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता छ : सांसद विक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद आशाकुमारी विकले देशलाई खुला दिसामुक्त घोषणा गरिए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नभएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा विकले नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि काठमाडौं महानगर भित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय रहेको तर तीमध्ये मुस्किलले २० वटा मात्र