५ लिटर पेट्रोल भर्दा २० मिलिलिटरसम्म कम

१ कात्तिक, काठमाडौं । काठमाडौं गैरीगाउँको भ्याली बाबा सप्लायर्स पेट्रोल पम्पमा मंगलबार प्रधानमन्त्री कार्यालयले छड्के गर्दा परिमाण घटाएर पेट्रोलियम पदार्थ बिक्री गरेको पाइयो । पटक पटक गुनासो आए पनि नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभागले अटेर गरिरहेका थिए । तर, मंगलबार ती कार्यालयका अधिकारीसहित प्रधानमन्त्री कार्यालय र सर्तकता केन्द्रका अधिकारी पम्पमा […]

सम्बन्धित सामग्री

नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ। गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले […]

नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ । गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर  पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताए । व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्र

निगमको प्रस्ताव : अब मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल दिऔँ

नेपाल आयल निगमले अब मोटरसाइकललाई एक पटकमा ५ लिटरमात्रै पेट्रोल दिन प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै यस्तो प्रस्ताव गरेको हो । निगमले सरकारलाई पठाएको पत्रमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एकपटकमा ५  लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ ।

पाकिस्तानमा २३३ रुपैयाँ भयो पेट्रोल, डिजेल पनि प्रति लिटर ५९ रुपैयाँ महँगियो

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार सरकार पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा अनुदान दिन सक्ने स्थितिमा नभएको स्पष्ट पारेका छन् । अनुदान दिन नसकेको स्थितिमा पेट्रोलको मूल्य बढाउनुबाहेक सरकारसँग कुनै विकल्प नभएको पनि बताएका छन् ।त्यसैले पाकिस्तानमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ । यसपटक पेट्रोलको मूल्य प्रति लिटर २४.०३ पाकिस्तानी रुपैयाँ बढाइएको छ । यसका साथै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्यले रेकर्ड कायम गरेको छ । पेट्रोलको नयाँ मूल्य २३३.८९ प्रति लिटर भएको छ ।यो मूल्य बिहि

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

कर्णाली । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँच वटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन । वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ । यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको […]

रुकुमपूर्वमा पहिलो पटक पेट्रोल पम्प खुल्दै

रुकुम (पूर्व) : रुकुमपूर्वमा पहिलो पटक पेट्रोल पम्प निर्माण गर्न थालिएको छ। जिल्लामै पहिलो पटक भूमे–२ काँक्रीमा पेट्रोल पम्प निर्माण गर्न थालिएको हो।मध्यपहाडी लोकमार्ग छेउमा आयल स्टोर (पेट्रोल पम्प) निर्माण कार्य भइरहेको छ। साढे दुई करोड रुपैयाँ लगानीमा बुढा पेट्रोल पम्प निर्माण हुने भएको हाे।पेट्रोल पम्पमा ३२ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल भण्डारण गर्ने सक्ने क्षमताको हुने आयल स्टोरका सञ्चालक रामसुर बुढा मगरले जानकारी दिए। उनका अनुसार अधिकांश काम सम्पन्न भइसकेको छ।उपकरण जडान,

फेरी बढ्यो इन्धनको मूल्य , पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ […]

पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँच पटक बृद्धि

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो ।  मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यस

भारतमा एक महिनामा पेट्रोल–डिजेलको मूल्य १७ पटक बढ्यो, बनायो नयाँ रेकर्ड

बीबीसी। पछिल्लो एक महिनामा भारतमा पेट्रोल–डिजेलको मूल्य १७औं पटक बढेको छ। मंगलबार सरकारी पेट्रोलियम कम्पनीले पेट्रोलमा प्रति लिटर २६ पैसा र डिजेलमा प्रति लिटर २३ पैसा वृद्धि गरेको छ। योसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ। मूल्य वृद्धिपछि दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.४९ भारतीय रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ८५.३८ भारतीय रुपैयाँ पुगेको छ।

फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ !

काठमाण्डौ -नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ ।निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो ।निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यव...