बीमामा वृद्धि गरिएको दररेट खारेज गर्न माग

काठमाडौं । बीमाको दररेट वृद्धि र नयाँ शर्तहरूसम्बन्धी निर्देशिका विकास विरोधी भएको निर्माण व्यवसायी र ऊर्जा उत्पादकहरूले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले यी विषय विकास विरोधी भएको भन्दै पुस १७ गतेसम्म अविलम्ब खारेज नभए पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । महासंघ र इपान नेपालको संयुक्त प्रतिनिधिमण्डले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवा र बीमा समितिलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन् । प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मूल्य तोक्नुपर्नेमा बीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूका लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघ र इपानले आपत्ति जनाएका हुन् । यस प्रकृतिको निर्देशिकाबाट बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा, निर्देशिका बीमाको सिद्घान्त विपरीत रहेको महासंघ र इपानको ठहर छ । निर्देशिका निजीक्षेत्रलाई निरुत्साहित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा बाधा उत्पन्न गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘सरोकारवाला निकायहरूसँग कुनै छलफल नगरी अत्यधिक प्रिमियम वृद्धि गरी जारी गरिएको निर्देशिकाले नेपालको ऊर्जाक्षेत्र र निर्माण उद्योगलगायत निजीक्षेत्र चौपट हुने निश्चित प्रायः छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । महासंघका अध्यक्ष रवि सिंह र इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा निर्देशिकाले व्यावसायिक लागतलाई उच्च बनाएको उल्लेख छ । यसले नेपाली वस्तु तथा सेवाको उत्पादन लागत बढ्न गई प्रतिस्पर्धात्मक क्षमतासमेत ह्रास आउने महासंघ र इपानको दाबी छ । विगत ३० वर्षदेखि कुनै दाबी भुक्तानी नै नभएको चोरीडकैती बीमामा समेत अत्यधिक प्रिमियम बढाउने निर्णयले नकारात्मक असर परेको बताइएको छ । निर्देशिकामा बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बीमितले बीमकबाट क्षतिपूिर्र्त दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न अव्यावहारिक शर्तहरू राखिएको उल्लेख छ । यसले अहिले नै बीमितले बीमाबापतको दाबी भुक्तानी नपाइरहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउने अवस्था ल्याउन सक्ने उनीहरूको आरोप छ ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको सवारी करको नयाँ नीति खारेज गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६–६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति खारेज गर्न माग गरेको छ । अव्यावहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति भन्दै नाडाले अविलम्ब खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको छ । नाडाले […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न व्यवसायी संघको माग

नेपाल पर्यटन यातायात व्यवसायी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले कोभिड–१९ महामारीको अवस्थामा आम नागरिकहरुको दैनिकी सञ्चालनमा समेत निकै कष्टकर भइरहेको अवस्थामा सरकारले थप पेट्रोलियम पदार्थको मूल्य वृद्धि सर्वसाधारणको ढाड सेक्ने काम गरेको आरोप लगाएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अन्य ढुवानीको भाडा समेत वृद्धि हुने र यसले महँगी बढ्न गई सर्वसाधारणको जनजीवनमा प्रभाव पार्ने संघको भनाइ छ ।‘विश्व

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघले शुक्रबार काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो । मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य […]

मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ।...

वृद्धि गरिएको बिमा दर खारेज गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका विकासविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।...

इन्धनको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आइतबार विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

१४ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरिए यो निर्णयको विरुद्धमा कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् । तिहार लगायतका चाडपर्व नजिकिँदै […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताउँदै मूल्यवृद्धि फिर्ता गर्न माग गर्नुभएको हो । महामन्त्री तिमल्सिनाले संकटका बेला जनताको चुल्हो बन्द […]