निर्माण व्यवसायीको चुनावः अध्यक्षमा सिंह र पाण्डेको दाबी, यस्तो छ 'निर्णायक टेन’ को अंकगणित

नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)मा चुनावी गर्मी बढ्न थालेको छ । नेतृत्व र पदाधिकारीका आकांक्षी खुल्न थालेका छन् । फागुन २७ र २८ गते काठमाडौँमा हुने महासंघको २३औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले महासंघभित्र चुनावी माहोल क्रमशः बढ्दै गएको छ ।हालसम्मको अवस्था हेर्दा हालका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच अध्यक्षमा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी साधारणसभा भएकाले राजनीतिक दलहरुको प्रभाव प्रष्टै पर्नेछ । यद्यपी, नेकपा एमाले निकट निर्माण व्यवसायीहरु भने महासंघमा निकै कम छन् । यसअघि पनि दुई समूह प्यानल नै बनाएर निर्वाचनमा होमिएकाले यसपटक प्यानल नबन्ने सम्भावना खासै छैन । जिल्ला निर्माण व्यवसायी संघको चुनावमा निकै सक्रियतापूर्वक लागेका वरिष्ठ उपाध्यक्ष पाण्डेले प्यानल बनाउन थालिसकेको स्रोतको भनाई छ ।महासंघमा राजनीतिक दलहरुबीचको सत्ता र सत्ता बाहिरको जस्तो तालमेल भन्दा पनि ‘व्यवसायिक प्यानल’ बन्ने सम्भावना बढी देखिन्छ ।निर्णायक दश कम्पनीनेपाल निर्माण व्यवसायी महासंघमा साना–मझौला भर्सेज ठूला व्यवसायीबीच जहिल्यै प्रतिस्पर्धा छ । तर, नेतृत्वमा भने ठूला निर्माण कम्पनीहरुले जो चाहन्छन्, त्यहीँ व्यक्ति आउने गरेका छन् ।१० ठूला कम्पनीले ठूलो मात्रामा मत बोकेर बसेका छन् । त्यसभित्र पनि विशेषगरी ७ वटा कम्पनीहरु जहिल्यै निर्णायक बन्दै आएका छन् । किनकी, उनीहरुसँग भारी मत होल्ड छ । शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन, अनक कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र विरोध कन्ट्रक्सन महासंघका निर्णायक र ठूला कम्पनी हुन् । यीमध्ये शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, रसुवा कन्ट्रक्सनले जो चाह्यो त्यो नै महासंघको अध्यक्ष हुँदै आएका छन् । यसवर्ष पनि सोही क्रमले निरन्तरता पाउने देखिन्छ । ठूला कम्पनी पाण्डेतिर मोडिएनिर्माण व्यवसायी महासंघमा ठूला कम्पनीको सिण्डिकेट नै छ । उनीहरुले भनेको मान्छे नै आजसम्म महासंघमा अध्यक्ष बन्दै आएका छन् । हालका अध्यक्ष सिंहलाई पनि निर्णायक मानिएका ठूला कम्पनीले नै अध्यक्ष बनाएका हुन् ।तर, यसपटक ती ठूला कम्पनीहरुको सहयोग पाण्डेले पाउने महासंघ स्रोत बताउँछ । उनी यसअघि नै अध्यक्ष बन्ने लाइनमा रहेपनि ठूला निर्माण व्यवसायीहरुले एकपटक वरिष्ठ उपाध्यक्षमा बस्न अनुरोध गरेपछि उनी रोकिएका थिए । तर, यसपटक उनलाई ठूला निर्माण कम्पनीहरुको समर्थन गर्ने संकेत देखाईसकेका छन् । त्यसकारण पाण्डे ढुक्क देखिन्छन् ।सिंह काँग्रेस, पाण्डे राप्रपा नेताका छोराअध्यक्ष सिंह नेपाली काँग्रेसका ‘फुल टाइमर’ कार्यकर्ता पनि हुन् । महादेव खिम्ती निर्माण सेवाका सञ्चालक रहेका उनी काँग्रेसको गत महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । तर, पराजित भए ।वरिष्ठ उपाध्यक्ष पाण्डे राप्रपाका वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेका छोरा हुन् । कालिका कन्ट्रक्सनका मालिक रहेका बिक्रमले आफू कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेको दाबी गर्दै आएका छन् ।