काठमाण्डाै – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर प्रतिबद्धता सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जसपाले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरू छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख छ । जसपाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आव...