आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।विभागका वैदेशि

सम्बन्धित सामग्री

विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढ्यो

आन्तरिक अर्थतन्त्र सुस्त भइरहेकै अवस्थामा पनि वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योग विभागमा साढे १६ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन...

वैदेशिक लगानी : प्रतिबद्धता आउछ, रकम आउँदैन

काठमाडौं, पुस ८ ।  मुलुकको चौतर्फी समृद्धिका लागि पर्याप्त मात्रामा वैदेशिक लगानी भित्र्याउनुपर्ने भन्दै पहलहरू भइरहे पनि त्यो सन्तोषजनक रूपमा आउन सकेको छैन । वैदेशिक लगानीलाई देश विकाश र समृद्धिको अनिवार्य शर्त मानेर बहस चलेको लामो समय भइसक्दा पनि ३ खर्ब रूपैयाँ बराबरमात्रै वैदेशिक लगानी आएको तथ्यांक छ । अनेक कानूनी जटिलता तथा झन्झटिलो र […]

कात्तिकमा साढे तीन अर्बको वैदेशिक लगानी प्रतिबद्धता

स्वदेशी लगानीकर्ताले मुलुकमा व्यवसाय गर्ने वातावरण नभएको र थप लगानी गर्न नसक्ने बताइरहेका बेला गत महिना वैदेशिक लगानी प्रतिबद्धता आश्चर्यजनक रुपमा बढेको छ । उद्योग विभागका अनुसार कात्तिकमा २४ विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यी उद्योगमा लगानी प्रतिबद्धता ३ अर्ब ६५ करोड रुपैयाँ बराबर आएको छ । असोजसम्म मन्दी रहेको वैदेशिक लगानीमा कात्तिकको […]

कात्तिकमा साढे तीन अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । स्वदेशी लगानीकर्ताले मुलुकमा व्यवसाय गर्ने वातावरण नभएको र थप लगानी गर्न नसक्ने बताइरहेको बेला गत महिना वैदेशिक लगानी प्रतिबद्धता आश्चर्यजनक रुपमा बढेको छ । उद्योग विभागका अनुसार कात्तिकमा २४ विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यी उद्योगमा लगानी प्रतिबद्धता ३ अर्ब ६५ करोड रुपैयाँबराबर आएको छ । असोजसम्म मन्दी रहेको वैदेशिक लगानीमा […]

५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ। विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४/७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।विदेशी लगानीक

ऊर्जामा वैदेशिक लगानी निरन्तर घट्दो

आर्थिक विकासको मुख्य आधार मानिएको ऊर्जाक्षेत्रमा केही वर्षयता वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ पछि ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो । आव २०७४/७५ मा ऊर्जा क्षेत्रमा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।त्यसपछिको आव २०७५/७६ मा ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता आएन ।  त्यस वर्ष ऊर्जाक्षेत्रमा किन वैदेशिक लगानी प्रतिबद्धता आएन भन्नेबारे यकिन भने भएको छैन । विभागका महानिर्देशक रामचन्द्र तिवार

ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो

काठमाडौं । आर्थिक विकासको मुख्य आधार मानिएको ऊर्जाक्षेत्रमा केही वर्षयता वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ पछि ऊर्र्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो । आव २०७४/७५ मा ऊर्र्जाक्षेत्रमा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसपछिको आव २०७५/७६ मा ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता आएन ।  त्यस वर्ष ऊर्जाक्षेत्रमा किन वैदेशिक लगानी प्रतिबद्धता आएन भन्नेबारे यकिन भने भएको छैन । विभागका महानिर्देशक रामचन्द्र तिवारी यसबारे कुनै कारण खोजी नगरिएको बताउँछन् । ‘ऊर्जाको हकमा परियोजना सर्वे तथा छनोट गर्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि ढिला हुन सक्छ । ठूला आयोजना लगानी बोर्डअन्तर्गत आउनुपर्छ । त्यसैले कुनैकुनै वर्ष ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता नआएको हुन सक्छ,’ उनले भने । ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराजा अधिकारीले पनि यसको कारणबारे अध्ययन नभएको बताए । विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा रू. ४ अर्ब ९७ करोड, आव २०७७/७८ मा रू. १ अर्ब ५४ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालू आवको फागुन १५ गतेसम्म ऊर्र्जाक्षेत्रमा ५ करोड ६२ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । ऊर्र्जाक्षेत्रभित्र पनि जलविद्युत्मा अझै कम प्रतिबद्धता देखिएको छ । चालू आवमा जलविद्युत्मा वैदेशिक लगानी प्रतिबद्धता कत्ति पनि नआएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा एउटा सोलार प्लान्टमा मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागअन्तर्गतको आयोजनाको हकमा यस्तो अवस्था देखिएको हो । ठूला आयोजनामा आउने लगानी लगानी बोर्ड नेपालमार्फत आउने गर्छ । पछिल्लोपटक ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनामा लगानी बोर्डको स्वीकृतिमा विदेशी लगानी ल्याइएको थियो । यस्तै, माथिल्लो कर्णाली, तमोर स्टोरेज,  माथिल्लो मस्र्याङदी–२ आयोजनामा विदेशी लगानी ल्याउन बोर्डमार्फत प्रक्रिया अगाडि बढाइएको छ । नेपालको अपेक्षाअनुरूप विदेशी लगानी प्रतिबद्धता नआउँदा चिन्तित हुनुपर्ने अवस्था आएको ऊर्र्जा व्यवसायी बताउँछन् । स्वतन्त्र ऊर्र्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्र्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै जानु दुःखद भएको बताए । यही अवस्था जारी रहे ऊर्र्जाक्षेत्रको विकासमा चुनौती हुने उनको भनाइ छ । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘विदेशी लगानीकर्ताले हेर्ने भनेको २ कुरा हो । एक लगानी प्रतिफलको ग्यारेन्टी र अर्काे लगानीमैत्री वातावरण,’ उनले भने, ‘नेपालमा लगानी प्रतिफलको ग्यारेन्टी छ । तर, लगानीमैत्री वातावरण छैन । त्यसकारण पनि बैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो ।’ कोरोना महामारीमा पनि वैदेशिक लगानी प्रतिबद्धतामा केही असर पुगेको उनको भनाइ छ । ‘पछिल्लोपटक त कोरोना महामारीका कारण पनि बैदेशिक लगानी प्रतिवद्धता घटेको हो । तर, यसलाई त्यसरी मात्र हेर्नु हुँदैन,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनेको छैन ।’ उनले अझै पनि  थुप्रै निकाय धाएर मात्र आयोजना बन्न सक्ने झन्झटिलो प्रक्रिया रहेकाले लगानीकर्ता उत्साही नभएको बताए । ‘त्यसमाथि पछिल्लो २ वर्षयता पीपीएको काम नै रोकिएको छ,’ उनले भने ।  विदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सरकारको नीति सहजीकरण गरिदिनेभन्दा पनि नियन्त्रण गर्नेतर्फ छ,’ उनले भने, ‘अब यस्तो अवस्था रहनु हुँदैन ।’

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् ।जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो

१२ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्ष ०७७/०७८ को ११ महिना (साउनदेखि जेठ) सम्ममा २७ अर्ब ३१ करोड मूल्य बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ।