अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

–नारायण ढुंगानाकाठमाडौँ । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, कालोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन ।  विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिए भन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रशस्त छन् । नयाँ भेरियन्टसहित दोस्रो लहर चलिरहेको कोरोना कालको वर्तमान विषम परिस्थितिमा उक्त प्रवृत्ति दोहोरिने सङ्केत देखा परेको छ । त्यो सङ

सम्बन्धित सामग्री

'कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदैन'

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरिएको बताएका छन्।...

कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिइने

विराटनगर प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी प्रवन्ध मिलाउनले जनाएको छ ।

बैतडीमा अक्सिजन र बेडको व्यवस्था, संक्रमितलाई नआत्तिन आग्रह

बैतडी : बैतडीमा तत्काल अक्सिजन अभाव नरहेको जनाइएको छ।  एक हप्ता अगाडिसम्म अक्सिजनको चरम अभाव खेपिरहेको जिल्ला अस्पताल, बैतडीमा तत्काललाई अक्सिजनको अभाव टरेको हो।विभिन्न सहयोगी निकायहरुले अक्सिजन सिलिण्डरको व्यवस्था गरेपछि तत्काललाई अक्सिजनको अभाव टरेको जिल्ला अस्पताल, बैतडीले जनाएको छ।   एक हप्ता अगाडि अक्सिजनको अभाव भए पनि हाल अक्सिजनको अभाव नरहेको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले  बताए। संक्रमित भई समस्या भएका बिरामीलाई अस्पताल आउनसमेत आग्रह गरिएको

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्जबाट...

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो।

जिल्ला अस्पतालमा अक्सिजनको अभाव, उपचारमा समस्या

विनोदसिंह विष्ट, बैतडी जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ । कोरोनाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको हो ।‘कोरोनाका जटिल खालका बिरामी बढ्दै छन्, अस्पतालमा अक्सिजनको अभाव छ, अक्सिजन चाहिने बिरामीहरुलाई अब भर्ना गर्न सकिने अवस्था छैन ।’ –अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले भन्नुभयो । जिल्ला अस्पतालमा उपचाररत १३ जना कोरोना बिरामीमध्ये […]

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव, जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

बैतडी : कोरोनाका बिरामी बढ्दै गएपछि जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले कोरोनाका जटिल खालका बिरामी बढेकाले अस्पतालमा अक्सिजनको अभाव भएको बताए। अहिले अक्सिजन चाहिने बिरामीलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनले बताए।अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितमध्ये १० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। भर्ना भएका बिरामीका लागि मात्रै अक्सिजन रहेको डा. जोशीले बताए।‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिर

‘अक्सिजनको अभाव छैन, अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या’

काठमाडौं। नेपाल अक्सिजन उत्पादक संघले नेपालमा अक्सिजनको अभाव नभएको बताएको छ। माग कम भएकैले उद्योग पूर्ण क्षमतामा नचलेको तर हल्लैहल्लाका कारण अक्सिजन अभाव हुने आशङ्कामा मानिसहरुले चाहिनेभन्दा धेरै भण्डारण गर्न थालेकाले समस्या हुने देखिएको संघको दाबी छ। संघ भन्छ, ‘पर्याप्त सिलिण्डर हुने हो भने कुनै समस्या थिएन, नेपालमा सिलिण्डर नबन्ने भएकाले पनि अभाव हुने देखिएको हो।’ रासस

महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन् ।अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले अस्पतालमा अक्सिजनको अभाव हुन थालेको बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यकताअनुसार अक्सिजन दिन नसकेको बताए । “आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ”, डा.रोकायाले भने, “सङ्क्रमण बढ्दै जाँदा