बैतडी : बैतडीमा तत्काल अक्सिजन अभाव नरहेको जनाइएको छ। एक हप्ता अगाडिसम्म अक्सिजनको चरम अभाव खेपिरहेको जिल्ला अस्पताल, बैतडीमा तत्काललाई अक्सिजनको अभाव टरेको हो।विभिन्न सहयोगी निकायहरुले अक्सिजन सिलिण्डरको व्यवस्था गरेपछि तत्काललाई अक्सिजनको अभाव टरेको जिल्ला अस्पताल, बैतडीले जनाएको छ। एक हप्ता अगाडि अक्सिजनको अभाव भए पनि हाल अक्सिजनको अभाव नरहेको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। संक्रमित भई समस्या भएका बिरामीलाई अस्पताल आउनसमेत आग्रह गरिएको