बजेटको पक्षमा मतदान गर्न सांसदलाई माओवादीको ह्वीप

१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । मुख्य सचेतक हितराज पाण्डले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएका हुन् । पाण्डले निकालेको सूचनामा […]

सम्बन्धित सामग्री

कांग्रेसद्वारा यादवको पक्षमा मतदान गर्न ह्विप

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ …

सांसद माया राईले अस्पतालबाटै गरिन् मतदान

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदलाई मतदान गराउन निर्वाचन समितिका प्रतिनिधि अस्पताल पुगेका छन्। बुधबार बिहान संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा ओम अस्पतालमा रहेकी सांसद माया राईलाई मतदान गराउन निर्वाचन प्रतिनिधिहरु अस्पताल पुगेका हुन्। उनले अस्पतालबाटै मतदान गरेकी छन्। उनी सुत्केरी भएर ओम अस्पतालमा छिन्। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ।

जनमोर्चाकी सांसद पौडेलले गरिन् नागरिकता विधेयकको विपक्षमा मतदान

सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी छन् । बिहिबार प्रतिनिधिसभामा विधेयकमाथि भएको मत विभाजनका क्रममा उनले विपक्षमा मतदान गरेकी हुन् । मत विभाजनको क्रममा सभामुखको दायाँतर्फ पक्षका सांसदलाई दस्तखत गर्न र बायाँतर्फ विपक्षका सांसदलाई दस्तखतको व्यवस्था थियो । सांसद पौडेलले बायाँतर्फ गएर दस्तखत गरेकी हुन् । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभामा नागरिकता विधेयकको पक्षमा १३५ सांसद र विपक्षमा ६० सांसदले मतदान गरेका छन् । नागरिकत

एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाइएको हो

एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो । एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद […]

विश्वासको मत दिएकामा प्रधानमन्त्री देउवाले दिए सबै सांसदलाई धन्यवाद

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएकामा सबै सांसदलाई धन्यवाद दिनुभएको छ । यसअघि, आइतबार अबेर राती सम्पन्न विश्वासको मतसम्बन्धि मतदानमा प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाका १६५ सांसदले मत दिएका थिए । २४९ सांसद उपस्थित भएको संसद बैठकमा ८३ जनाले भने विपक्ष तथा एक जनाले दिन्न भन्ने पक्षमा मतदान गरेको सभामुख अग्नि […]

लुम्बिनीका चार सांसदलाई जसपाले सोध्यो पुनः स्पष्टीकरण

बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई जसपाले पुनः स्पष्टिकरण सोधेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना […]

लुम्बिनी प्रदेश : निर्वाचनको पूर्वसन्ध्यामा ४ सांसदलाई मताधिकार

आयोगले यसअघि निकालेको अन्तिम नामावलीमा प्रदेश सभाका ७९ जना सांसदको नाम थियो। तर आइतबार साँझ पाँच बजेपछि आयोगले यसअघि मतदान गर्न नपाउने भनिएका ४ जना सांसदलाई मताधिकार दिएको हो।...

जसपाका सांसदलाई ह्वीप नलाग्ने, ओलीको पक्ष र विपक्ष दुवैमा मत हाल्न पाउने

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अ‍ोलीले लिने विश्वासको मतक

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्