जनमोर्चाकी सांसद पौडेलले गरिन् नागरिकता विधेयकको विपक्षमा मतदान

सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी छन् । बिहिबार प्रतिनिधिसभामा विधेयकमाथि भएको मत विभाजनका क्रममा उनले विपक्षमा मतदान गरेकी हुन् । मत विभाजनको क्रममा सभामुखको दायाँतर्फ पक्षका सांसदलाई दस्तखत गर्न र बायाँतर्फ विपक्षका सांसदलाई दस्तखतको व्यवस्था थियो । सांसद पौडेलले बायाँतर्फ गएर दस्तखत गरेकी हुन् । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभामा नागरिकता विधेयकको पक्षमा १३५ सांसद र विपक्षमा ६० सांसदले मतदान गरेका छन् । नागरिकत

सम्बन्धित सामग्री

नागरिकता विधेयक बहुमतले पारित !

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे । संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।आजकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे...

संसदले हुबहु पारित गर्‍यो राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फर्काएको नागरिकता विधेयक संसदले हुबहु पारित गरेको छ। भदौ २ मा बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता विधेयक हुबहु पारित गरेको हो। प्रतिनिधिभासमा बिहीबार विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ३५ मत परेको थियो भने विपक्षमा ६० मत परेको थियो। संसदमा १९५ सांसद उपस्थित थिए। गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले फिर्ता पठाएको […]

नागरिकता विधेयक : सत्तारुढ गठवबन्धनकी दुर्गाले गरिन् विपक्षमा मतदान

काठमाडौं । संसदमा निर्णयार्थ प्रस्तुत नागरिकता विधेयकमाथिको मतदानमा सत्तारुढ गठबन्धनमा विभाजन देखिएको छ । गठबन्धनभित्रको एक दल राष्ट्रिय जनमोर्चा विधेयकको विपक्षमा उभिएको छ । राजपाकी एक्ली सांसद दुर्गा पौडेलले विपक्षमा मतदान गरेकी हुन् । सभामुखले मतविभाजनका क्रममा विधेयकको पक्षमा रहेका सांसदलाई आफ्नो आसनको दायाँ तर्फ र विपक्षमा रहेकालाई दायाँ तर्फ गएर दस्तखत गर्न भनेका थिए […]