काठमाडौँ। आज मङ्गलवार शेयर बजारमा सामान्य वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ।
आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर झिनो अङ्कले उकालो लागेको छ।