निकै उतारचढावका बीच सोमवार अन्तिम समयमा आएर शेयर बजारमा सामान्य वृद्धि भएको छ ।
यस दिन सामान्य वृद्धि भएपनि हालसम्मकै ऐतिहासिक विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
यस दिन नेप्से परिसूचक ३.७० अंकले बढ्दै २२३९.४२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जुन विन्दु नेप्सेको इतिहासमै सर्वाधिक धेरै हो । आइतवार पनि नेप्सेले नयाँ उचाई कायम गरेको थियो ।
सोमवार सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले वृद्धि भई ४२९.३९ विन्दुमा पुगेको छ ।
कूल २ सय ८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ ...