काठमाडौं। काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) आयोजनाको रेखांकनमा पर्ने थप रूखहरू कटानका लागि सरकारले स्वीकृति दिएको छ । पुस १२ गतेको मन्त्रिपरिषद्को बैठकले मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनका ४ हजार ३४५ ओटा रूख कटानका लागि स्वीकृति दिएको हो ।
आयोजनालाई उक्त वनको ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्न पनि स्वीकृत दिइएको छ । केही समयअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले डाकेको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले रूख कटान अनुमतिका लागि ९ महीना कुर्नुपरेको बताएका थिए । सरकारले दु्रतमार्ग निर्माण समयमै सम्पन्न गर्न भने पनि सोहीअनुसारका कानूनी व्यवस्था, रूख कटानमा सहजीकरण जस्ता काम नगरिदिएको बताएका थिए ।
आयोजनामा २०६६ सालदेखि नेपाली सेनाले २९ ओटा वन उपभोक्ता समूहको नाममा रहेका वनका रूख कटान शुरू गरेको थियो । २०६६ मा ६ हजार ६७१ रूख कटान गरेको सेनाले २०७९ पुससम्म २७ हजार ६२२ रुख कटान गरेको छ । आयोजनाको सडक मार्गाधिकारभित्र काठमाडौंमा एक, ललितपुरमा एक, मकवानपुरमा २२ र बारामा पाँचओटा सामुदायिक वन तथा राष्ट्रिय वन पर्छन् ।
सडक निर्माणका क्रममा चारवटा प्याकेजमा पुनः रूख कटान गर्न सेनाले ६ महिनाअघि पठाएको पत्र अलपत्र
वन तथा वातावरण मन्त्रालयले रूख कटानको स्वीकृति दिन ढिलाइ गर्दा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण...
महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ ।
योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको कटान आदेश अझै आइसकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म चार सय १३ किलोमिटर सडक करिडोरअन्तर्गत १३ वर्षदेखि निर्माणाधीन छ ।
पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत डडेलधुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रूख कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ ।
सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न रु पाँच करोड ५० लाखका ठेक्का सम्झौता भएको थियो । सो प्याकेजको ट्र्याक खोल्ने काम सकिएको छ ।
महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेवदेखि डडेलधुराको ३८ किलोमिटरसम्म सडकको ट्र्याक खोलिएको जानकारी दिए । ‘करिडोरअन्तर्गत चारवटै जिल्लामा गरेर १९ हजार ६६ वटा रूख÷पोल पर्छन्,’ प्रमुख जोशीले भने, ‘डडेलधुरामा ३८ देखि ६९ किलोमिटरमा पर्ने ३१ किलोमिटरमा पर्ने रूख कटानको आदेश आइसकेको छैन ।’
लामो समय रूख कटानको आदेश नआउँदा करिडोरको ट्र्याक खुलाउने काम प्रभावित थियो । ‘३१ किलोमिटर खण्डमा ६ हजार ९४ रूख कटान बाँकी छ ।’ उनले भने, ‘पूरै गरेर एक सय किलोमिटर ट्र्याक खुलाउने काम अझै बाँकी छ ।’
करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ । गत आर्थिक वर्षको तुलनामा बजेटसमेत घटेर आएकाले निर्माण गरेबापतको रकम दिन लगायतको काममा प्रभावित हुने अवस्था छ ।
चालु आर्थिक वर्षमा आयोजनालाई काम गर्नका लागि रु २९ करोड ६ लाख मात्रै बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षमा भने रु ४० करोड बजेट आएको जोशीको भनाइ छ । उनका अनुसार करिडोरअन्तर्गत अहिले पाँचओटा प्याकेजमा ट्र्याक खुलाउने काम भइरहेको छ ।
करिडोरअन्तर्गत डडेलधुरामा १० हजार चार सय ७६, बैतडीमा चार हजार पाँच सय ९६ र दार्चुलामा दुई हजार ४३ रूख कटान पर्छन् । रासस
काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि नेपाली सेनाले फेरि रुख काट्न सुरु गरेको छ । द्रुतमार्ग निर्माणको क्रममा नयाँ संरचना बनाउन थप जग्गा आवश्यक परेको भन्दै ३ वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट १ हजार २५ वटा रुख कटानका लागि सेनाले डिभिजन वन कार्यालय बाराबाट सहमति लिएर कटानको काम सुरु गरेको हो ।सेनाले गत सातादेखि कछडिया, नागमणि, बाघभैरव सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रुख कटानको काम सुरु गरेको हो । दु्रतमार्गको जिरो पोईन्ट (निजगढ) मा सेनाको ब्यारेक क्षेत
काठमाडौं –तराई द्रुतमार्ग (फास्ट ट्रयाक) मा नयाँ संरचना निमार्णका लागि जग्गाको आवश्यकता परेको भन्दै थप रुप काट्न नेपाली सेनाले प्रस्ताव गरेको छ । द्रुतमार्ग निर्माणका क्रममा ०७४ देखि हालसम्म बारा, मकवानपुर र ललितपुरमा गरी २७ हजार रुख कटान भइसकेको छ ।आयोजनाको निजगढ कार्यदलले ‘द्रुतमार्ग सडक निर्माण प्रस्तावित स्वरुप’ डीपीआर र विस्तृत वातावरणीय प्रभाव मूल्यांकनमा समावेश नभएका संरचनाहरु थप गर्न करिव १ हजार ६ सयवटा साना–ठूला रुख काट्न सरोकारवाला निकायसँग प्रस्ताव गरेको
पर्याप्त बजेट, खोकना–बुङमती जग्गा विवाद र थप रूख कटान एवं जग्गा अधिग्रहणको प्रक्रियामा सहजीकरण नभए तोकिएको समयभित्र फास्ट ट्रयाक निर्माण सम्पन्न गर्न कठिन हुने सेनाको भनाइ
नेपाली सेनाले आगामी तीन...
काठमाडौं : नेपाली सेनाले ६ जना काठ तस्करलाई पक्राउ गरेको छ।रारा राष्ट्रिय निकुञ्जभित्र अवैध रुपमा काठ कटान गरेको सूचनाका आधारमा नेपाली सेना तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीको टोलीले मुगुको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ गरेको नेपाली सेनाले जनाएको छ।
मुगु : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्जको पिना खोला ईलाकामा अवैध रुपमा काठ कटान गरिरहेका तस्करलाई पक्राउ गरेको छ । सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंगलबार तस्करहरूलाई पक्राउ गरेको हो ।
उल्लेखित सामानहरूसहित ६ जना व्यक्तिलाई पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाइएको जानकारी सेना…
मुगु : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्जको पिना खोला ईलाकामा अवैध रुपमा काठ कटान गरिरहेका तस्करलाई पक्राउ गरेको छ । सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंगलबार तस्करहरूलाई पक्राउ गरेको हो ।
उल्लेखित सामानहरूसहित ६ जना व्यक्तिलाई पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाइएको जानकारी सेना…
रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेनाले ६ जनालाई पक्राउ गरेको छट ।
रारा राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले उनीलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ ।