काठमाडौं –तराई द्रुतमार्ग (फास्ट ट्रयाक) मा नयाँ संरचना निमार्णका लागि जग्गाको आवश्यकता परेको भन्दै थप रुप काट्न नेपाली सेनाले प्रस्ताव गरेको छ । द्रुतमार्ग निर्माणका क्रममा ०७४ देखि हालसम्म बारा, मकवानपुर र ललितपुरमा गरी २७ हजार रुख कटान भइसकेको छ ।आयोजनाको निजगढ कार्यदलले ‘द्रुतमार्ग सडक निर्माण प्रस्तावित स्वरुप’ डीपीआर र विस्तृत वातावरणीय प्रभाव मूल्यांकनमा समावेश नभएका संरचनाहरु थप गर्न करिव १ हजार ६ सयवटा साना–ठूला रुख काट्न सरोकारवाला निकायसँग प्रस्ताव गरेको