दु्रतमार्गका ४ हजारभन्दा बढी रूख कटान स्वीकृत

काठमाडौं। काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) आयोजनाको रेखांकनमा पर्ने थप रूखहरू कटानका लागि सरकारले स्वीकृति दिएको छ । पुस १२ गतेको मन्त्रिपरिषद्को बैठकले मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनका ४ हजार ३४५ ओटा रूख कटानका लागि स्वीकृति दिएको हो ।  आयोजनालाई उक्त वनको ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्न पनि स्वीकृत दिइएको छ । केही समयअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले डाकेको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले रूख कटान अनुमतिका लागि ९ महीना कुर्नुपरेको बताएका थिए । सरकारले दु्रतमार्ग निर्माण समयमै सम्पन्न गर्न भने पनि सोहीअनुसारका कानूनी व्यवस्था, रूख कटानमा सहजीकरण जस्ता काम नगरिदिएको बताएका थिए । आयोजनामा २०६६ सालदेखि नेपाली सेनाले २९ ओटा वन उपभोक्ता समूहको नाममा रहेका वनका रूख कटान शुरू गरेको थियो । २०६६ मा ६ हजार ६७१ रूख कटान गरेको सेनाले २०७९ पुससम्म २७ हजार ६२२ रुख कटान गरेको छ । आयोजनाको सडक मार्गाधिकारभित्र काठमाडौंमा एक, ललितपुरमा एक, मकवानपुरमा २२ र बारामा पाँचओटा सामुदायिक वन तथा राष्ट्रिय वन पर्छन् ।

सम्बन्धित सामग्री

ललितपुर महानगर क्षेत्रमा भेटिए दुर्लभ रूख

नौ सय वर्षसम्म हरियै, रूख काटे ज्यानै जाने किंवदन्ती ललितपुर महानगरपालिकाले इतिहास बोकेका रूखहरूको अध्ययन तथा खोजी गरेको छ । वनस्पतिविद्को टोली खटाएर महानगरभित्र रहेका रूख तथा बोटबिरुवाबारे अध्ययन गरेको हो ।  दुईजना वनस्पतिविद्...

स्वैच्छिक अभियानमार्फत ५० करोडभन्दा बढी रूख रोपियो

पेकिङ : उत्तरी चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रमा स्वैच्छिक अभियानमार्फत ५० करोडभन्दा बढी रूख रोपिएको छ।स्थानीय बासिन्दाले स्वैच्छिक रूख रोप्ने अभियानमा हालसम्म ५० करोडभन्दा बढी रूख रोपिएको बताएका छन्। यो अवधिमा यस क्षेत्रले सक्रिय रूपमा जीवनका सबै क्षेत्रका बासिन्दालाई वृक्षरोपण अभियानमा सामेल हुन प्रोत्साहित गरेको छ। यी प्रयासलाई सहज बनाउन नयाँ रूख रोपणका आधार निर्माण गरेको छ।उपयुक्त उमेरका सबै नागरिकले स्वैच्छिक रूख रोपणमा भाग लिन क्षेत्रको अनलाइन प्लाटफममार्फत साइन अप गर्न सक्छन्। यो क्षे

रूख ढल्दा घटनास्थलमै मृत्यु

सुर्खेत : घाँस काटिरहेको रूख ढल्दा जाजरकोट कुशे गाउँपालिका-८ का ४० वर्षीय अम्बर सिंहको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान रूखमा घाँस काटिरहेका वेला एक्कासी घाँस काटिरहेको रूख ढल्दा सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।कुशेबाट छेडातर्फ जाने सडकको माथि रूख एक्कासी ढल्दा सिंहको मृत्यु भएको खबर आएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए।

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

काठमाडाैँ- रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएपछि भक्तपुर सल्लाघारीका जोखिमयुक्त २१ वटा रूख काटिएको छ। रूख ढलेर गत आइतबार बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना घाइते भएका थिए। रूख ढलेर ज्यानै गएपछि सडक छेउका २१ वटा रूख काटिएको भक्तपुरकी […]

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

'विज्ञ टोलीले सल्लाघारी क्षेत्रको अनुगमन गरी जोखिमयुक्त २१ वटा रूख काटिएको छ, त्यस क्षेत्रमा अरू रुख पनि जोखिम रहेको कुरा आएको छ, स्कुल नजिक पनि त्यस्ता रूख छन् भन्ने कुरा आएको छ, यसबारेमा विज्ञ टोलीले निरीक्षण गरी त्यस्ता रूख भए अरु पनि काटिने छन्।'...

पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान

पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् । पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ । उनले भने, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख

सडक आसपासका रूख–विरुवा काटछाँट गर्दै महानगर

काठमाडौं उपत्यकाका सडक आसपासका रूख विरुवा काटछाँट गर्न थालिएको छ। काठमाडौं महानगरपालिकाले तीनकुने–माइतीर सडकखण्ड क्षेत्रमा रहेका रूख विरुवा काटछाँट गर्न लागेको हो। रूख विरुवा बढेर सवारी ओहोरदोहोरमा अवरोध पु¥याउने भएकाले बाटोतर्फ नुहेका रूख–विरुवा...

तीन वर्षपछि बल्ल रूख कटान

पाँचथर, २८ कात्तिक: तीन वर्ष अघिबाट निर्माणाधीन १०१ किलोमिटर लामो राँके–रवि–भेडेटार सडकअन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खण्डमा थालिएको रूख कटान । सरकारी निकायहरुबीच उचित समन्वय हुन नसक्दा आयोजना निर्माण भएको ३० महिनापछि सडक क्षेत्रमा पर्ने रूख कटान थालिएको छ ।-तस्वीर : रवीन्द्र काफ्ले-रासस

मुग्लिन पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ  । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पन...

सतिसालको बूढो रूख

ठिङ्ग उभिएको सतिसालको बूढो रूख अनवरत चियाइरहेको छ— पर्दा लगाइएको दरबारतिर  प्रतिक्रियाविहीन स्वरूपमा र, सुस्केरा हाल्दै खोजिरहेको छ कसैलाई ।