काठमाडौं–तराई/मधेस द्रुतमार्गका लागि फेरि रुख कटान

काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि नेपाली सेनाले फेरि रुख काट्न सुरु गरेको छ । द्रुतमार्ग निर्माणको क्रममा नयाँ संरचना बनाउन थप जग्गा आवश्यक परेको भन्दै ३ वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट १ हजार २५ वटा रुख कटानका लागि सेनाले डिभिजन वन कार्यालय बाराबाट सहमति लिएर कटानको काम सुरु गरेको हो ।सेनाले गत सातादेखि कछडिया, नागमणि, बाघभैरव सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रुख कटानको काम सुरु गरेको हो । दु्रतमार्गको जिरो पोईन्ट (निजगढ) मा सेनाको ब्यारेक क्षेत

सम्बन्धित सामग्री

बाँदर नियन्त्रण गर्न रुख कटान !

पोखरा । पोखरा वडा कार्यालय १९ ले सोमबार अनौठो निर्णय गर्दै सूचना जारी ग-यो–बाँदर नियन्त्रण गर्न रुख कटान गर्ने । ‘मेरो रुख, म काट्छु’ अभियानको चौतर्फी आलोचनापछि वडा कार्यालयले निर्णय सच्चाएर उक्त कदमबाट पछि हटेको छ । पोखराको उत्तरी भेगमा पर्छ वडा कार्यालय १९ का लामाचौर, पुरुन्चौर । यहाँ बाँदरले दुख दिएको वडावासीको पनि गुनासो […] The post बाँदर नियन्त्रण गर्न रुख कटान ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक विस्तारको नाममा अवैध रुख कटान

दाङ- सडक विस्तार गर्ने नाममा दाङमा अवैध रूपमा रुख कटान भएको छ। घोराही उपमहानगरपालिका १ र बंगलाचुलीको सीमा जोड्ने सुवा खोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते साल, अस्ना, सिमल, जामुन लागायतका रुखहरू अज्ञात समूहबाट काटिएपछि डिभिजन वन कार्यालयले अनुसन्धान थालेको छ। घोराही उपमहानगरपालिकादेखि सिमलतारा, मुलाबारी, हाँसीपुर हुँदै भालुबाङ प्युठान सडकखण्डको चैते, शान्तिपुर सडक निर्माणका […]

सामुदायिक वनमा अवैध रुख कटान

यहाँको बेलका नगरपालिका ७ मैनामैनीस्थित दुधकोसी सामुदायिक वनमा अवैध रुख कटान भएको छ।

कपिलवस्तुमा स्थानीयको निगरानीमा रुख कटान

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ त्रिशुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा रुख कटान सुरु भएको छ । रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुका वनमा तोकिएको भन्दा बढी कटान भएको आवाजसमेत उठ्ने गरेको छ । कार्य योजना अनुसार तोकिएको रुखको कटान गर्न र पारदर्शिताका लागि जनप्रतिनिधि, सञ्चारकर्मी, […]

‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’

रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।...

दाङमा लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ

दाङ - दाङमा प्रहरीले लेनदेन र रुख कटान मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन मुद्दाका लमही नगरपालिका–५ का ५० वर्षीय जीवन थापा मगर र रुख कटान मुद्दाका लमही नगरपालिका–९ का ३३ वर्षीय प्रमोद विक रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई देउखुरी जिल्ला अदालतले दुई वर्ष र रुख कटानमा मुद्दामा दोषी ठहर विकलाई ९ दिनको जेल सजायको फैसला गरेको थियो ।

नारायणघाट–बुटवल सडक : स्वीकृतभन्दा पाँच सय गुणा बढी रुख कटान

काठमाडौं, माघ २९ । दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो । बैठकले बढी रुख काट्न […]

हुलाकी राजमार्गमा रुख कटान सुरु

धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस

हुलाकी राजमार्गमा रुख कटान सुरु

धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस

निजगढ विमानस्थल निर्माणको टुंगो नभइ रुख कटान आदेश नआउने

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी टुंगो नभएसम्म रुख कटान आदेश नआउने भएको छ।