काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको छ । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको हो । पार्टी विभाजनको विषयमा भोलि पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता मनिष सुमनले बताए […]