कुमारी बैंकले राजधानीको सिफलमा औपचारिक रुपमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यससँगै बैंकको बागमती प्रदेशमा शाखा संख्या ८४ पुगेको छ । नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने जस्ता प्रतिबद्धता जनाएको छ । यससँगै देशभर बैंकको १९६ शाखा संजाल भएको छ । यस्तै १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत पनि बैंकले अत्याधुनि