मेगा बैंकको शाखा लाजिम्पाटमा

मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।योसँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङसहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरका लागि आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाएन्ट (एसबीसीबीएस) योजनाअन्तर्गत ड्राइभर पार्टनरहरु […]

इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए

काठमाडौँ- ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ बनेको छ । दुबै गाभिएसँगै इन्भेस्टमेन्ट मेगा बैंकको विधिव रुपमा आजदेखि एकीकृत कारोबार सुरु भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका […]

दुई बैंक मर्ज भएर 'नेपाल इन्भेष्टमेण्ट मेगा बैंक', आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन्। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने...

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिएर आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । समृद्धिको पथमा सगै अघि बढ्दै भन्ने नाराका साथ एकीकृत

मेगा बैंक र किन्निहो बीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै मेगा बैंकले विदेशबाट फर्केका […]

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

२७ जेठ, काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको […]

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

२९ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरे । सो अवसरमा उक्त […]

मेगा बैंक र भोजपुर नगरपालिकाबीच सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीको कृषि तथा उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ। सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगर प्रमुख कैलाश आलेले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा बैंकका विभागीय प्रमुख खनियाँले कृषकलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको […]

मेगा बैंक र नेको इनर्जी सोलुसनबीच सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहबीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौताअनुसार नेको इनर्जी सोलुसनसँग […]

मेगा बैंक र फुडमाण्डुबीच सम्झौता

मेगा बैंक र फुडमाण्डुबीच समझदारी भएको छ । समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले यस हप्तादेखि प्रत्येक सोमबार अर्डर गर्दा अधिकतम तीन सयसम्मको १५ प्रतिशत क्यासब्याक पाउने समझादारी भएको छ ।कम्पनीका ब्रान्ड मार्केटिङ एण्ड सेल्स प्रमुख श्यामरत्न मालीका अनुसार फुडमाण्डुले आगामी दिनमा यस किसिमका थप ‘डिल’ आफ्ना ग्राहकका लागि ल्याइने छ ।