वैशाख महिनाका लागि वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर औसत ०.२९ प्रतिशतले घटेको छ । योसँगै वैशाखमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४ प्रतिशत कायम हुनेछ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएको, तीन वटाले बढाएको र चार वटाले स्थिर राखेका छन् ।