‘विश्वका किसान एकजुट हुनुपर्ने’

काठमाडाैँ -अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकले शक्ति राष्ट्रहरूबीच चलेको युद्वले कृषि उत्पादनका क्षेत्रमा असर परेकाले सम्भावित खाद्य सङ्कटका चुनौती सामूहिक सामाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । यही मङ्सिर २६ देखि आजसम्म काठमाडौँमा आयोजित बैठकमा खाद्य उत्पादनको मूल्यवृद्धि, युक्रेनमा युद्ध, जलवायु सङ्कट, कृषिमा ठूलो आर्थिक सङ्कट, युवाहरू पलायन, विश्वभरिका किसानका समस्या समाधान गर्न […]

सम्बन्धित सामग्री

व्यावसायिक बाख्रापालक किसान पेसा प्रवर्द्धन गर्न एकताबद्ध

तनहुँमा व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन् । माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्यलाई निरुत्साहन गर्न एकजुट भएका हुन् ।

चिनी मिल सञ्चालनको माग

गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल सञ्चालन माग गर्दै जिल्लाका उखु किसान एकजुट भएका छन् । तीन वर्षदेखि बन्द रहेको मिल सञ्चालनको पहलका लागि उनीहरूले विभिन्न राजनीतिक दल, सांसद र जनप्रतिनिधि गुहारेका हुन् ।

पर्यटन प्रबर्द्धनका लागि मितेरी साइनो

तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन् । बन्दीपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको छलफलले दुवै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरेको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साइनो

‘किसान एकजुट नहुँदा कृषिका समस्या समाधान भएनन्’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले कृषि क्षेत्रको विकासका लागि किसानहरू एकीकृत हुन नसकेको बताएका छन् ।नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको आयोजनामा शनिबार भएको ९औं राष्ट्रिय पोल्ट्री दिवसको समुद्घाटन गर्दै मन्त्री तामाङले किसानहरुका समस्या भएपनि एकल आधारमा कृषि खेती गर्दा समस्याको समाधान हुन नसकेको बताए । […]

पशुपालनमा एकजुट बने शहरी क्षेत्रका किसान

भरतपुर-भरतपुर सदरमुकामदेखि करिब ५ किलोमिटर दूरीमा पर्ने प्रेमबस्ती क्षेत्र बसाईसरी आउने क्षेत्रका रुपमा चिनिन्छ ।खेतीयोग्य जग्गा अधिकांश घडेरी छन् । तर, किसानहरु सामूहिक अवधारणामा नमुना गाईफर्म बनाउन जुटेका छन् । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले नमुना गाईफर्म बनाउने तयारी थालेको छ । २ करोड १८ लाख लगानी गरेर नमुना […]

नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासंघ (अप्फा) मा प्रवेश

काठमाडौँ । काठमाडौँ कीर्तिपुर निवासी अध्यापन पेसाबाट सेवानिवृत्त हुनुभभएका बौद्धिक किसान नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा प्रवेश गर्नुभएको छ । किसान महासङ्घ (अप्फा) को केन्द्रीय कार्यालय बागबजारमा २०७७ फागुन १० गते आयोजित एक समारोहमाझ केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले अमात्यलाई अप्फाको सदस्यता प्रदान गर्दै सङ्गठनमा औपचारिक रूपमा प्रवेश गराउनुभएको हो । त्यसैगरी सोही कार्यक्रममा ललितपुर निवासी अर्का किसान प्रदुमन महर्जन पनि अप्फामा प्रवेश गर्नुभएको छ । प्रदुमन महर्जन पनि लगातार किसान आन्दोलनमै क्रियाशील व्यक्तित्व भएको अप्फाले जनाएको छ । अप्फा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार नीलकण्ठ अमात्य शिक्षक पेसामा रहनुका साथै कृषिपेसामा हुनुहुन्छ । काठमाडौँबाहेक चितवनमा पनि व्यावसायिक खेती गर्नुभएका अमात्यले कृषिक्षेत्रसँग सम्बन्धित रहेर धेरै जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । कृषि उत्पादन, किसानलाई वैज्ञानिक ज्ञान र कृषि उत्पादनको बजारीकरण—यी तीन सूत्रको आधारमा किसानलाई सङ्गठित गर्ने र किसान आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँ स्वतन्त्र रूपमा किसान आन्दोलनमा निरन्तर जोडँदै आइरहनुभएको छ । यसका लागि किसान सङ्गठन आवश्यक भएको महसुस गरी एक मात्र सही बाटो समातेको अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा सङ्गठित भई किसान आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने महसुस गर्दै किसान महासङ्घमा प्रवेश गर्नुभएको हो । किसानका साझा मुद्दाको आधारमा सबै किसान एकजुट हुने प्रक्रियामा अगाडि बढेको यो अवस्थामा नीलकण्ठ अमात्यजीको प्रवेशको बौद्धिक किसानलाई सङ्गठित हुन प्रेरणा दिएको छ भन्दै उहाँको प्रवेशले अप्फा झन् मजबुत हुने र किसान बुद्धिजीवीको अन्तरसम्बन्धले किसान आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने छ भन्दै अप्फाका अध्यक्ष श्री भैरवराज रेग्मीले उहाँलाई स्वागत गर्दै बधाई दिनुभयो । उक्त कार्यक्रममा अप्फाका जिल्लाध्यक्ष केबी घले, जिल्ला समितिका सचिव मोहन जिसी, जिल्ला समितिका सदस्य बेगमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

ओली सरकारले संविधानको घाँटी निमोठ्यो : भैरवराज रेग्मी

माधव खनाल/सन्धिखर्क ।। अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले केपी शर्मा ओली सरकारले संविधानको घाँटी निमोठेको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी रूपमा चलाएको सङ्घर्षको कार्यक्रमअन्तर्गत माघ ९ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताउनुभएको हो । अध्यक्ष रेग्मीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक–अधिकार खोसेको आरोपसमेत लगाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले दुईतिहाइनजिकैको समर्थन हुँदाहँुदै प्रतिनिधि सभा विघटन गरेर सिङ्गो कम्युनिस्टको नै बदनाम गरेको आरोप लगाउदै संसद पुनःस्थापनाका लागि लोकतन्त्रप्रेमीहरू एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसीले राष्ट्रिय जनमोर्चाले संसद विघटनको विरोध र पुनःस्थापनाको पक्षमा सञ्चालन गरेको एकमहिने कार्यक्रममा सहभागिता भर्इ आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका परिषद सदस्य खड्कबहादुर थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अर्घाखाँची जिल्लाध्यक्ष जीवनारायण खनाल, राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर सदस्य तथा भूमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भोजराज खनाल, अखिल नेपाल महिला सङ्घकी शान्ता खनाल, अखिल (छैठौं) का जीवन नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रम अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य हिमलाल खनाल, नगर सचिव रामप्रसाद खनाल, भूमिकास्थान नगरपालिका वडा नम्बर १ का सदस्यहरू गोपाल नेपाली, चमकला नेपाली, प्रगतिशील पत्रकार सङ्घका टेकराज भुसाल, जनजाति सम्मेलनका प्रतिनिधि भोटबहादुर पुन, जातीय समता समाजका रामबहादुर नेपाली, अखिल नेपाल युवक सङ्घका प्रकाश खनाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष मेघराज खनालको अध्यक्षता, जनकराज खनालको स्वागत र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

बासमती धानको पेटेन्ट राइट सुनिश्चित गर्न सरकारसित अप्फाको आग्रह

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले बासमती धानको पेटेन्ट राइट (प्रतिलिपि अधिकार) सुनिश्चित गर्न सरकारसित आग्रह गरेको छ । बासमती धानको पेटेन्ट राइटमाथि भारत र पाकिस्तानले समेत दावी गरिरहेका बेला सरकारसित यसबारे दबाबमूलक गतिविधि गर्न अप्फाले माग गरेको हो । अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस २४ गते जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो । वक्तव्यको पूर्ण पाठ यस्तो छ– “प्याटेन्ट राइटको प्रमाणीकरण ई.यू. ले गर्ने गरेको छ । बासमती चामलको पेटेन्ट राइटका लागि नेपाल, भारत र पाकिस्तानले ई.यू. मा दावी गरेका छन् । ई.यू. ले आफ्नो देशको पेटेन्ट राइटको प्रमाण खोजी दावी पेस गर्न सन् २०२१ को फेबु्रअरीसम्म म्याद रहने गरी सूचना जारी गरेको छ । लामो समयदेखि विकसित मुलुकले कृषि उत्पादनको ओरिजनको आधारमा पेटेन्ट राइटको अधिकार प्राप्त गर्ने आधार खडा गरेको थियो । सुरुदेखि नै कृषि वैज्ञानिक र सरोकारवालाहरूले नेपालका कृषि उत्पादनको पेटेन्ट राइट दावीका लागि पहल गर्न सरकारलाई घच्घच्याइरहेका थिए । तर केही वर्षपहिलेसम्मका सरकारले बेवास्ता गर्दै आएका थिए । केही वर्षदेखि यस विषयमा सरकारले सरोकार राख्न थालेकाले बासमती चामलमा दावी पेस गरेको छ । यसभन्दा पहिले नेपालले कैयौँ कृषिजन्य वस्तुको पेटेन्ट राइट गुमाइसकेको छ । कमसेकम अहिले बासमती धानको पेटेन्ट राइटको दावी गर्नु नेपाल सरकारको सकारात्मक र स्वागतयोग्य कुरा हो । पेटेन्ट राइट नभएपछि साम्राज्यवादी–पुँजीवादी मुलुकले कृषिक्षेत्रको उपजमाथि किसानहरूले आफ्नो अधिकार गुमाउँदै गइरहेका छन् । त्यो अधिकार बहुराष्ट्रिय कम्पनीले कब्जा जमाइसकेका बासमती धानका लागि नेपाल सरकारले बलियो प्रमाण पुर्याई त्यसका लागि दबाबमूलक गतिविधि गर्नुपर्दछ । कृषिजन्य वस्तुको पेटेन्ट राइटको अधिकारलाई सुनिश्चित गर्न सबै किसान सङ्घ–सङ्गठन, कृषि वैज्ञानिक र सरोकारवालाहरू एकजुट हुन अखिल नेपाल किसान महासङ्घ (अप्फा) आह्वान गर्दछ ।”

हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट हुन बाध्य भएका हुन् ।

‘संघर्ष’का लागि संगठित हुँदै चिया किसान | Nagarik News - Nepal Republic Media

प्रशोधन उद्योगहरूले हरियोपत्तीको मूल्यमा ‘मनलाग्दी’ गरेको भन्दै आन्दोलनरत चिया किसान संगठित हुन थालेका छन् । उद्योगहरूले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान संघर्षका लागि एकजुट भएका हुन् ।