व्यावसायिक बाख्रापालक किसान पेसा प्रवर्द्धन गर्न एकताबद्ध

तनहुँमा व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन् । माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्यलाई निरुत्साहन गर्न एकजुट भएका हुन् ।

सम्बन्धित सामग्री

मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको …

उपभोग्य वस्तुमा सिसाको प्रयोग निरुत्साहित गर्नुपर्ने

राँझा । मानव स्वास्थ्यमा सिसाजन्य विषबाट हुने समस्या न्यूनीकरण गर्न सचेतना जगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सिसाको विषबाट बच्नका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा आज नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले घर, फर्निचर र मैदानमा गरिने रङरोगन, आयुर्वेदिक औषधि, बालबालिकाका खेलौना, सौन्दर्य सामग्रीलगायत वस्तुमा हुने सिसाको प्रयोगलाई निरुत्साहित गर्न उपभोक्तामा सचेतना जगाउनुपर्ने बताएका हुन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले मानव स्वास्थ्य सबैभन्दा संवेदनशील विषय भएकाले सिसाको प्रयोगलाई निरुत्साहित बनाउन उपमहानगरले अभियान सञ्चालन गर्ने बताए। नगरवासीमा स्वास्थ्य सचेतना जगाएर उपभोग्य सामग्री तथा अन्य वस्तुमा सिसाको प्रयोगलाई निरुत्साहित गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्सारमा स्वास्थ्य, वातावरण र सुरक्षा प्रभाव पार्ने वस्तु तथा सामानको आयातमा निषेध गर्ने गरेको बताउँदै मापदण्ड भन्दा बढी सिसाको प्रयोग भएका सबैखाले वस्तु आयातमा चासो दिने प्रतिबद्धता व्यक्त गरे । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका निमित्त प्रमुख अमितभूषण सुमनले मापदण्ड भन्दा बढी सिसा प्रयोग भएका खाद्यवस्तु तथा सौन्दर्य सामग्रीको प्रयोगले केन्द्रीय स्नायु प्रणालीमा असर पर्ने बताउँदै बालबालिका, गर्भवती र वृद्धालाई बढी खतरा हुने भएकाले प्रयोग नगर्न आग्रह गरे । सरकारले खाद्य सामग्रीमा दुई दशमलव पाँच, खानेपानीमा शून्य दशमलव शून्य एकको मापदण्ड तोकेको जानकारी दिँदै सबै सरोकारवाला निकाय लागेर आम उपभोक्तालाई यो विषयमा जानकारी दिएर सिसाको अधिकतम प्रयोगलाई निरुत्साहित गर्न सकिने उनले बताए। घरेलु तथा साना उद्योग महासंघ बाँकेकी उपाध्यक्ष दिला शाहले आफुहरुले प्रयोग गर्ने सौन्दर्यताका सामग्रीमा प्रयोग भएको सिसाका कारण रोग निम्त्याइरहेकाले अब महिला दिदीबहिनीमा पनि सचेतना जगाउन आफू लाग्ने बताए। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत राजाराम पोटे श्रेष्ठले चेतनाको कमिका कारण सिसाबाट हुने जोखिम बढ्दै गएको उल्लेख गरे । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौँका अध्यक्ष रामचरित्र साहले घर, फर्निचर, खेलौना, पेन्टसर कस्मेटिक सामानमा सरकारले तोकेको मापदण्ड भन्दा बढी सिसाको प्रयोग गरेको पाइएको जानकारी दिँदै सबै सरोकारवाल निकायले चासो र चिन्ता दिनुपर्ने बताए। विश्व स्वास्थ्य संगठन् नेपाल, एकीकृत सामाजिक विकास केन्द्र बाँके र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ...

ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको हो । लैनचौर खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरे ।कार्यक्रममा वडाध्यक्ष तिवारीले खेलकुदले खेलाडीलाई स्वस्थ्य राख्नुका साथै समाजलाई एकताबद्ध हुने सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी द

राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध बनाएर जान आवश्यकः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन , देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।