काठमाडौँ । काठमाडौँ कीर्तिपुर निवासी अध्यापन पेसाबाट सेवानिवृत्त हुनुभभएका बौद्धिक किसान नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा प्रवेश गर्नुभएको छ ।
किसान महासङ्घ (अप्फा) को केन्द्रीय कार्यालय बागबजारमा २०७७ फागुन १० गते आयोजित एक समारोहमाझ केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले अमात्यलाई अप्फाको सदस्यता प्रदान गर्दै सङ्गठनमा औपचारिक रूपमा प्रवेश गराउनुभएको हो ।
त्यसैगरी सोही कार्यक्रममा ललितपुर निवासी अर्का किसान प्रदुमन महर्जन पनि अप्फामा प्रवेश गर्नुभएको छ । प्रदुमन महर्जन पनि लगातार किसान आन्दोलनमै क्रियाशील व्यक्तित्व भएको अप्फाले जनाएको छ ।
अप्फा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार नीलकण्ठ अमात्य शिक्षक पेसामा रहनुका साथै कृषिपेसामा हुनुहुन्छ ।
काठमाडौँबाहेक चितवनमा पनि व्यावसायिक खेती गर्नुभएका अमात्यले कृषिक्षेत्रसँग सम्बन्धित रहेर धेरै जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । कृषि उत्पादन, किसानलाई वैज्ञानिक ज्ञान र कृषि उत्पादनको बजारीकरण—यी तीन सूत्रको आधारमा किसानलाई सङ्गठित गर्ने र किसान आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँ स्वतन्त्र रूपमा किसान आन्दोलनमा निरन्तर जोडँदै आइरहनुभएको छ । यसका लागि किसान सङ्गठन आवश्यक भएको महसुस गरी एक मात्र सही बाटो समातेको अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा सङ्गठित भई किसान आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने महसुस गर्दै किसान महासङ्घमा प्रवेश गर्नुभएको हो ।
किसानका साझा मुद्दाको आधारमा सबै किसान एकजुट हुने प्रक्रियामा अगाडि बढेको यो अवस्थामा नीलकण्ठ अमात्यजीको प्रवेशको बौद्धिक किसानलाई सङ्गठित हुन प्रेरणा दिएको छ भन्दै उहाँको प्रवेशले अप्फा झन् मजबुत हुने र किसान बुद्धिजीवीको अन्तरसम्बन्धले किसान आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने छ भन्दै अप्फाका अध्यक्ष श्री भैरवराज रेग्मीले उहाँलाई स्वागत गर्दै बधाई दिनुभयो ।
उक्त कार्यक्रममा अप्फाका जिल्लाध्यक्ष केबी घले, जिल्ला समितिका सचिव मोहन जिसी, जिल्ला समितिका सदस्य बेगमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।