नेपाल एकीकरणसँग सुवानन्द दासले सुरु गरेको नेपाली कविता विधा अहिले गणतान्त्रिक युगमा प्रवेश गरिसकेको छ । छापाखानाको प्रारम्भ नभई सुरु भएको नेपाली कविता अहिले त्यो युग पार गर्दै इमेल इन्टरनेटका माध्यमबाट अत्याधुनिक युगमा प्रवेश गरेको छ । हरेक व्यक्तिको सिर्जना एक क्लिक थिचेको भरमा विश्व समुदायले पढ्न सक्ने युगमा प्रवेश गरेको छ । हरेक कविमनहरू आफूले चाहेका सर्जकका कविता औँलाले थिचेको भरमा हेर्न पाउन सक्ने युगमा जुरमुराइरहेका छन् ।गणतन्त्रको आगमन र अभिव्यक्ति स्वतन्त्रता प्राप्तिपछि हरेक वर्ग, क्षेत