रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि...

सम्बन्धित सामग्री

सन नेपाल लाइफले ९ महीनामा आर्जन गर्‍यो करीब ३ अर्ब बीमा शुल्क

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनासम्म रू. २ अर्ब ८९ करोड ७२ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन करीब ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ अर्ब ८ करोड ५७ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकम १५० दशमलव ५९ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३३ करोड १० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८२ करोड ९६ लाखभन्दा बढी यस्तो भुक्तानी गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष रू. १४ करोड ३६ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ४५ लाख खुद नाफा गरेको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा २२७ दशमलव ३५ प्रतिशत बढी भएकाले खुद नाफामा समेत सकारात्मक प्रभाव परेको हो । गत वर्ष रू. १९ करोड १ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड २३ लाख कुल आम्दानी गरेको हो । यस वर्ष खर्च रकममा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड ६५ लाख खर्च भएकोमा यस वर्ष रू. १७ करोड ७८ लाख खर्च भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ । जगेडा कोष रकम रू. ८१ करोड ९२ लाख रहेको कम्पनीको जीवन बीमा कोषमा रू. ४ अर्ब ६१ करोडभन्दा बढी रकम कायम छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५० मा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते बोर्डमा निवेदन दर्ता गराएको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सानिमा जिआईसी इन्स्योरेन्सले गर्‍यो १०२ प्रतिशत बढी नाफा

काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा १०२ दशमलव २८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको आम्दानी १०१ प्रतिशत बढी रू. १९ करोड ९८ लाखभन्दा बढी भएको छ । खर्च रकम पनि गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ८ करोड २४ लाखभन्दा बढी खर्च गरेको छ । गत वर्षभन्दा यस वर्ष कुल बीमा शुल्क आर्जन करीब ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४६ करोड ११ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड १४ लाखभन्दा बढी कुल बीमा शुुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम गत वर्षभन्दा यस वर्ष २७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले रू. ३६ करोड १९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । जगेडा कोष रकम पनि १३५ दशमलव ४९ प्रतिशत बढी रू. २६ करोड ३२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ८७ रहेको छ ।

नेपाल लाइफले गर्‍यो पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब तीन करोड रुपैयाँ मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा उक्त दाबी भुक्तानी गरेको हो । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी भएको नेपाल लाइफले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु […]

नेपाल लाइफले गर्‍यो ५४ अर्ब ७६ करोडको दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दाबी भुक्तानी ५४ अर्ब ७६ करोड पुगेको छ ।कम्पनीले २०७९ असोज मसान्तसम्म कुल ५ अर्ब ३ करोड मृत्यु दाबी तथा १५ अर्ब २६ करोड अवधि समाप्ति दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले १८ अर्ब ५३ करोड आंशिक अवधि भुक्तानी गरेको जनाएको छ । बीमा शुल्क भुक्तानी छुट, […]

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो साढे २ करोडको मृत्यु दाबी भुक्तानी

साउन १३, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बापत २ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रम आयोजना गरी बीमितको श्रीमतीलाई सो दाबी रकम भुक्तानी गरेको हो । २० वर्षीय बीमित सजन विकको मृत्यु दाबी बापत उनकी श्रीमती सपना मल्ललाई २ करोड ५० लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो । मृतकका श्रीमती मल्ललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । दाबी वापतको रकम भुक्तानी गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीले दाबी भुक्तानी नदिने भन्ने भ्रम रहेको बताए । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मृतक बीमितको परिवारलाई उक्त रकमले सहयोग पुग्ने बताए ।