दाङ । दाङमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् । स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो । आइतबार डीसीएमसीको […]