पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८०/९/२० को निर्णय सिरानी हालेर ०८०/१०/१५ मा मन्त्रिपरिषदले पोखरा अन्तरराष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न प्राइभेट कम्पनीलाई जिम्मा लगाउने नियतले अध्ययन समिति गठन गरेको छ । यसमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको कुरा पनि छ । पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने सरकारको नियत देखिएको छैन । […]
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चारओटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा व्यवस्थापन सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणामा गर्ने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त अवधारणामा तीनओटा विमानस्थल सञ्चालन र विस्तार तथा निजगढ विमानस्थल बनाउने निर्णय गरेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा विस्तार र प्रस्तावित निजगढ विमानस्थल निर्माण उक्त अवधारणामा गर्न आवश्यक निर्णय र छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण पुस १० गते सार्वजनिक गर्दै अन्तरराष्ट्रिय विमानस्थल सोही अवधारणामा बनाउने तयारी भएको बताउनुभएको थियो । अहिले प्राधिकरणले उक्त अवधारणामा विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार भित्त्याउन ठोस कदम चालेको छ ।
सबैभन्दा पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हो । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् ।
सञ्चालनको एक/डेढ वर्ष हुँदा गौतमबुद्ध र पोखरा विमानस्थल राम्रोसँग चल्ने संकेत नदेखिएका बेला सरकारले उक्त अवधारणामा निजगढ विमानस्थल बनाउने गरी चारओटै विमानस्थललाई एउटै प्याकेज बनाउनेछ । सबैभन्दा बढी आम्दानी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि प्याकेजमा राख्दा यी विमानस्थल व्यवस्थापनका लागि साझेदार भित्रन सक्ने आकलन प्राधिकरणको छ ।
काठमाडौं : सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सल
बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले […]
पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस
काठमाडौँ : चीनले आज पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण गरेको छ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार साँझ परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत उक्त चाबी नेपाललाई हस्तान्तरण गरेका हुन्।विदेशमन्त्री वाङ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन्।पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कार्य नसकिँदै चीनले नेपाललाई हस्तान्तरण गरेको हो।पोखरा अन्तरराष्ट्रिय विमानस्
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक