कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमित बिरामीको परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भएको छ । नगरपालिकाले पश्चिमी सीमानाका गड्डाचौकीलाई व्यावहारिक रूपले खोलेपछि दिन प्रतिदिन नेपाल भित्रिने नेपाली नागरिकको संख्या बढ्ने भन्दै नगरका कोरोना संक्रमित बिरामीको परीक्षण दायरा बढाउन पीसीआर मेसिन किन्न लागेको हो ।
नगरपालिकाले खरिद ऐनबमोजिम ई–बिडिङमार्फत पीसीआर मेसिन खरिद गर्न लागेको छ । जिल्लाभरिका अरू स्थानीय तहभन्दा भीमदत्त नगरपालिकामा कोरोनाको जोखिम उच्च रहेकोमा नगरपालिकाले भारतबाट नेपाल आएका आफ्ना नगरवासीहरू मध्येबाट कोरोना संक्रमित बिरामीको छिटो चेकजाँचमा सहज बनाउन स्वरूप मेसिन खरिद गर्ने भएको छ ।