भीमदत्त नगरपालिका बीउ प्रशोधन केन्द्र निर्माण

असार ३०, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बीउ प्रशाोधन केन्द्र निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कञ्चनपुर र उदयदेव बहुउश्द्देयीय सहकारीको सहकार्यमा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको हो । केन्द्रको बुधवार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्धघाटन गरेका हुन् । बीउ प्रशोधन केन्द्रको उद्धघाटन गर्दै नगर प्रमुख विष्टले कृषिलाई आधुनिकिरण, व्यवसायिकरण र यान्त्रीकरण गर्नुपर्ने आवश्यक रहेको बताए । ‘नगरपालिकाले प्रत्येक वर्ष अनुदानमा बीउ वितरण गर्दै आइरहेको छ ।’ उनले भने ‘उत्पादनका लागि बीउ नै प्रमुख कुरा हो, प्रशोधन केन्द्र निर्माण भइसकेपछि स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन हुन्छ, यसले कृषि विकासमा सहयोग पुग्छ ।’ साथै कृषिमा आत्मनिर्भर बन्नका लागि व्यवसायिकरणमा जोड दिने र जग्गा खण्डीकरणलाई रोक्नु पर्ने उनको सुझाव छ । त्यस्तै भुमी बैंक र भुउपयोग नीतिको समेत आश्यकता रहेको उनले औल्याए । प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना कञ्चनपुरकी प्रमुख सञ्जु रिमालले कृषिको विकासका लागि बीउ प्रशोधन केन्द्र अत्याआवश्यक रहेको बताइन् । जिल्लामा चार ओटा बीउ प्रशोधन केन्द्र निर्माण भएको बताउँदै परियोजना कार्यालय प्रमुख रिमालले उन्नत बीउ उत्पादन गर्नसके यस क्षेत्रको कृषि विकासमा सहयोग पुग्ने बताइन् ।  कृषिमा आधुनिकिकरण र व्यवसायिकरणका लागि केन्द्रको निर्माण गरिएको उदयदेव बहुउश्द्देयीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताए । उनका अनुसार ८१ लाख ४३ हजार लागतमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्रमा सहकारीले ४३ लाख १० हजार र परियोजनाले ३८ लाख ३२ हजार लगानी साझेदारी गरेका छन् ।  केन्द्रमा सीड ग्रेडर, सीड ट्रिटर, ईलिभेटर, बोरा सिउने मेसिन, बीउ स्याम्पलर, जोख्ने मेशिन, काठको फ्लाक लगायतका सामग्री राखिएको छ भने कार्यालय भवन पनि छुट्टै निर्माण गरिएको छ । सहकारीले गत वर्षबाट कष्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएकोमा ८०० भन्दा बढी किसानलाई सेवा दिएको कार्यकारी अधिकृत चन्दको भनाइ छ । साथै सहकारी कृषिले कृषि यन्त्र थप गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिएको छ । सहकारी शेयर सदस्यलाई उत्पादन र कृषिसँग जोड्दै आत्म निर्भर बनाउने नीति लिएको छ ।  त्यस्तै सहकारीका अध्यक्ष पूर्ण बहादुर चन्दले प्रशोधन केन्द्रबाट गुणस्तरिय बीउ उत्पादन गर्ने बताए । उनले जमिन लिजमा लिएर भएपछि ठूलो क्षेत्रफल एकै किसिमले बाली लगाउन सके बीउ उत्पादनमा सजिलो हुने बताए ।

सम्बन्धित सामग्री

भीमदत्तमा बीउ प्रशोधन केन्द्र निर्माण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुर र उदयदेव बहुउश्द्देयीय सहकारीको सहकार्यमा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको हो । केन्द्रको हालै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घघाटन गरे । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।  ‘नगरपालिकाले प्रत्येक वर्ष अनुदानमा बीउ वितरण गर्दै आएको छ,’ उनले भने, ‘उत्पादनका लागि बीउ नै प्रमुख वस्तु हो, प्रशोधन केन्द्र निर्माण भइसकेपछि स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन हुन्छ, यसले कृषि विकासमा सहयोग पुग्छ ।’ कृषिमा आत्मनिर्भर बन्न व्यावसायिकीकरणमा जोड दिनुपर्ने र जग्गा खण्डीकरण रोक्नुपर्ने उनको सुझाव छ । त्यस्तै भूमि बैंक र भू–उपयोग नीतिको समेत आवश्यकता रहेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरकी प्रमुख सञ्जु रिमालले कृषिको विकासका लागि बीउ प्रशोधन केन्द्र अत्यावश्यक रहेको बताइन् । जिल्लामा चारओटा बीउ प्रशोधन केन्द्र निर्माण भएको भन्दै परियोजना कार्यालय प्रमुख रिमालले उन्नत बीउ उत्पादन गर्न सके यस क्षेत्रको कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिन् । कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणका लागि केन्द्रको निर्माण गरिएको उदयदेव बहुउश्द्देयीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले बताए । उनका अनुसार ८१ लाख ४३ हजार लागतमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्रमा सहकारीको ४३ लाख १० हजार र परियोजनाको ३८ लाख ३२ हजार रुपैयाँ लगानी साझेदारी रहेको छ । केन्द्रमा सीड ग्रेडर, सीड ट्रिटर, एलिभेटर, बोरा सिउने मेशिन, बीउ स्याम्पलर, जोख्ने मेशिन, काठको फ्ल्याक लगायत सामग्री राखिएको छ भने कार्यालय भवन पनि छुट्टै निर्माण गरिएको छ । सहकारीले गतवर्षदेखि कष्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएर ८०० भन्दा बढी किसानलाई सेवा दिएको कार्यकारी अधिकृत चन्दको भनाइ छ । अब कृषि यन्त्र थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनका अनुसार सहकारी शेयर सदस्यलाई उत्पादन र कृषिसँग जोड्दै आत्मनिर्भर बनाउने नीति लिइएको छ । सहकारीका अध्यक्ष पूर्णबहादुर चन्दले प्रशोधन केन्द्रबाट गुणस्तरीय बीउ उत्पादन गरिने बताए । जमीन लिजमा लिएर भए पनि ठूलो क्षेत्रफलमा एकै किसिमले बाली लगाउन सके बीउ उत्पादनमा सहज हुने उनको भनाइ छ ।