ठेकेदारले तिरेन १४ करोड राजश्व, कानुनी उपचार खोज्दै भीमदत्त नगरपालिका

कञ्चनपुर : महाकाली नदीमा ४ लेनको पुल निर्माण गरिरहेको ठेकेदार कम्पनीले रोयल्टी तिर्न आनाकानी गरेपछि भीमदत्त नगरपालिका कानुनी उपचार खोज्न थालेको छ। त्यसका लागि नगरपालिकाले आफ्ना कानुनी सल्लाहकारसहित कानुन व्यवसायीसित छलफल अघि बढाएको छ।‘महाकाली पुल निर्माण कम्पनीले बुझाउनु पर्ने राजस्व नतिर्ने मनशायले अनेक तिकडम गरेर अड्डा अदालत धाएर पनि राजश्व बुझाएको छैन,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘धेरै प्रयास गर्‍यौँ, मतलब गरेको छैन। अब कानुनी बाटोमा जा