काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्ताे दाबी गर्नुभएको हो । उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाउनुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीति सङ्कटकाे चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको ब...