काठमाडौं । दोलखामा विकास निर्माणका आयोजना लामो समयदेखि अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने व्यवसायीको ठेक्का तोडेको हो। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि विभिन्न आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम अघि नबढाएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो। […]
काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्को पावन अवसरमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय जेनजी नागरिक अभियानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानद्वारा आयोजित उक्त कार्यक्रम २०८३ साल असोज २५ गते बिहान ११ बजे काठमाडौंको कार्की ब्याङ्क्वेट, माइतीघर हाइट मा सञ्चालन […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिएका छन्। यसै मुद्दामा पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र […]
२३ असोज, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए ।
संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन …
अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनका लागि पुर्याएको योगदानको कदर गर्दै ८५ वर्षीया पूर्व अन्तर्राष्ट्रिय फौजदारी अदालत न्यायाधीश तथा संयुक्त राष्ट्रसंघको गाजासम्बन्धी प्रतिवेदनकी प्रमुख नाभि पिल्लाईलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय अदालत, रुवान्डाको लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणलगायत विभिन्न निकायमा न्यायाधीश भइसकेकी पिल्लाईलाई यो पुरस्कार प्रदान गर्नुले सुदृढ अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्नुको महत्त्वलाई उजागर गरेको […]
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन्। गृह मन्त्रालयले आचरण र अनुशासनसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको ठहर गर्दै दाहाललाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन […]