मन्थली : राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनाले गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन्। राप्रपा नेपाल रामेछाप जिल्ला समितिले आज (सोमबार) सदरमुकाम मन्थलीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको स्वीकार गरे।उनले सत्ताकेन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन हुन पुगेकाले पहिलेका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरि जनत