आन्तरिक ऋणको प्रयोजन

सरकारले विकास निर्माणका लागि आन्तरिक र बाह्य ऋण लिने गरेको छ । यसका लागि बजेटको लक्ष्यअनुसार कार्यतालिका बनाइएको हुन्छ र त्यसैअनुसार ट्रेजरी बिल लगायतका उपकरणबाट आन्तरिक ऋण उठाइरहेको छ । तर, अहिले कार्यतालिका मिचेर निर्धारित समयभन्दा अगावै लक्ष्यभन्दा बढी ऋण उठाउन थालेको छ । यसरी कार्यतालिका नै हेरफेर गरी आन्तरिक उठाउनुपर्ने अवस्था किन आयो त ? यसको स्पष्ट जवाफ सरकारले दिएको छैन ।  नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको झन्डै ४३ प्रतिशत पुगेको छ । यो ऋणको अंश धेरै होइन किनभने अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण जापानको २१४, सिंगापुरको १३५ र अमेरिकाको ११० प्रतिशतसम्म रहेको छ । विकसित देशहरूले यस्तो ऋण पचाउन सक्छन् । उनीहरूले यस्तो ऋणको उच्चतम परिचालन गरेका हुन्छन् । नेपालको सन्दर्भमा पनि कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण धेरै होइन तर यसको प्रयोग उत्पादनमूलक क्षेत्रमा हुन्छ कि हुँदैन भन्ने चिन्ता हो । हुन त ५० को दशकमा नेपालको सार्वजनिक ऋण ५०/५२ प्रतिशत पुगेको देखिन्छ । त्यति बेला पनि अर्थतन्त्र समस्यामा थियो र सरकारी बैंकहरूलाई सुधार्न ठूलो रकम चाहिएको थियो । यसरी लिएको ऋण अर्थतन्त्र सुधार्नमा खर्च भएको थियो । तर, अहिले लिएको ऋण त्यस्तो कार्यमा खर्च नहुने सम्भावना बढी देखिन्छ । अहिले लिएको ऋण उत्पादनमूलक क्षेत्रमा प्रयोग नहुने तर तलबभत्ता आदिमा खर्च हुने देखिएकाले यस्तो ऋण भोलिका दिनमा निकै ठूलो समस्या हुन सक्छ । नेपालले अहिलेको भन्दा निकै बढी ऋण लिन सक्ने सामथ्र्य राख्छ तर त्यो ऋण कहाँ र कसरी प्रयोग हुन्छ भन्ने कुराले धेरै अर्थ राख्छ । अहिले सरकारले ठूलो परिमाणमा सार्वजनिक ऋण उठाउनुको कारण विदेशी ऋण तिर्नका लागि भएको आशंका छ । ऋण लिएको रकमले कमाएर ऋण तिर्नुपर्नेमा उल्टै ऋण तिर्नेका लागि ऋण लिन लागिएको देखिएको छ । सरकारले यो पुष्टि गरेको त छैन तर केही विदेशी ऋण यही समयमा परिपक्व भएकाले त्यसैका लागि कार्यतालिका मिचेर ऋण उठाएको अनुमान गर्न सकिन्छ । यसरी ऋण लिएर ऋण तिर्ने हो भने मुलुकको अर्थतन्त्र कुनै पनि बेला समस्याको खाडलमा जाकिन सक्छ ।  सरकारले जथाभावी ऋण लिनभन्दा आफ्नो खर्च घटाउन आवश्यक छ । तर, सरकारी कर्मचारीले विदेश भ्रमणमै ठूलो रकम खर्च गरेका छन् । खर्च घटाउने अन्य उपाय पनि छन् । त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।  अर्को, अहिले बैंकहरूमा तरलता थुप्रिएकाले तुलानात्मक रूपमा केही सस्तो ब्याजदरमा सरकारले ऋण उठाउन पाएको छ । यो दीर्घकालीन ऋण भएको सरकारको भनाइ छ । त्यसको अर्थ यो रकम सरकारी ढुकुटीमा जम्मा गरेर राख्नु हो भन्ने देखिन्छ । यसरी ऋण लिएर ढुकुटीमा रकम थुपार्ने हो भने अर्थतन्त्रका लागि यो झनै ठूलो खतरा हुने देखिन्छ । त्यसैले ऋणको प्रयोजन सरकारले स्पष्ट पार्नु जरुरी छ । सरकारले अहिले बजारबाट ७२ अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ । यसो भन्नुको अर्थ बैंकहरूसँग यति रुपैयाँ बराबरको लगानीयोग्य रकम कम हुनु हो । अहिले ऋणको माग नभएकाले तत्कालका लागि यसले खासै फरक नपार्ला तर यसले ब्याजदर घट्न दिँदैन किनभने बैंकहरूको तरलतामा यसले दबाब सृजना गर्छ । सरकारले जथाभावी ऋण लिनभन्दा आफ्नो खर्च घटाउन आवश्यक छ । तर, सरकारी कर्मचारीले विदेश भ्रमणमै ठूलो रकम खर्च गरेका छन् । खर्च घटाउने अन्य उपाय पनि छन् । उदाहरणका लागि सामान्य मुद्दामा पनि जेल खेपिरहेका कैदीबन्दीलाई रिहा गर्ने हो भने पनि केही रकम बचाउन सकिन्छ । खर्च घटाउने यस्ता अन्य थुप्रै क्षेत्र छन् । त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ । खासमा अर्थतन्त्रको अहिलेको संकटप्रति अर्थमन्त्री स्वयं गम्भीर र जिम्मेवार देखिइरहेका छैनन् । अर्थतन्त्रमा सुधार आइरहेको छ भन्ने उनको भनाइ आत्मरतिबाहेक केही होइन भन्ने देखिँदै छ । यस्तो तरिकाले अर्थतन्त्र झन समस्यामा फस्न सक्छ । अत: सरकारले गम्भीर भएर अर्थतन्त्रका समस्या विश्लेषण गरी समाधानमा हिम्मतिलो पाइला चाल्न ढिला गर्नु हुँदैन । 

सम्बन्धित सामग्री

पोखरा महानगरले आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाउँदै

१५ कात्तिक, पोखरा । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो । महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि […]

नक्सामा पार्किङ, प्रयोजन व्यापारिक

काठमाडौं महानगरपालिकाका व्यापारिक भवनमा रहेका अण्डरग्राउण्ड पार्किङ नक्सा विपरीत अन्य व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका छन् । महानगर मुकदर्शक बन्दा पार्किङ स्थल सडक र पेटी बन्न पुगेका छन् ।

न प्रयोजन खुलाइयो न कानुनी आधार

अहिले गल्फ कोर्स रहेको जग्गा ठेक्का पाएको कम्पनीले खेल सम्बन्धी गतिविधि गर्ने हो कि, अस्थायी टहराहरु बनाएर भाडा लगाउने हो कि अथवा कस्तो काममा जग्गा उपयोग गर्नुपर्ने हो खुलेको छैन । कानुनी आधार र स्पष्ट शर्त नतोकी ठेक्का लगाउनु गलत भएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर विकास समितिका सदस्य सचिव बलराम रिज्यालले बताए ।

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था...

प्रतिनिधि सभाको प्रयोजन सकियो, अबको निकास निर्वाचन : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको प्रयोजन सकिएको दाबी गरेका छन् ।  प्रतिनिधि सभा चल्नै नसक्ने अवस्थामा पुगेको बताउँदै अब मुलुकको निकास ताजा जनादेश रहेको धारणा राखे ।  नेकपा एमाले स्याङ्जा–रूपन्देही सम्पर्क समाजद्वारा बुटवलमा आयोजित प्रथम भेलालाई शुक्रवार सम्बोधन गर्दै पौडेलले भने, ‘प्रतिनिधिसभा कामै गर्न नसक्ने अवस्थामा पुगेको छ । प्रतिनिधिसभा अब चल्न सकेन । बैठक बस्छ स्थगित हुन्छ । मन्त्रीहरू दौडेर रोष्टममा पुग्छन् । यस्तो हालतबाट सभा चल्न सक्दैन त्यसैले प्रतिनि...

एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति होइन: एमसीसी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुने अमेरिकी कानुनले कुनै पनि सैन्य प्रयोजनका लागि अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको स्पष्टीकरण दिएको छ । एमसीसीका उपाध्यक्ष फतिमा सुमानर नेपाल आउनुभन्दा एक दिन अगाडि अमेरिकाले राजदूतावासमार्फत सो स्पष्टीकरण दिएको हो । फतिमा आज बिहीबार काठमाडौं आई प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुुष्पकमल दाहाल र […] The post एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति होइन: एमसीसी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश नं १ मा दर्ता भएका निजी सवारीले कति कर तिर्ने? (सूचीसहित)

सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फर– फरक हुन्छ।

यस्तो छ गण्डकी प्रदेशका निजी सवारी साधनले तिर्नुपर्ने कर

सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फरक फरक हुन्छ।