सरकारले राजनीतिक शक्तिको आडमा अवैध रुपमा संचालन भैरहेका क्रसर उद्योग बन्द गराउन सुरु गरेको छ । बुधबार गृह मन्त्रालयले दर्ता नभएका र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज ७७ वटै …