सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रूपैयाँ हिनामिना, एक कर्मचारी प्रकाउ

विराटनगर : मोरङको विराटनगरको मेनरोडमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकमा आर्थिक हिनामिना भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन्।बैंकको जाहेरीको आधारमा कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराई प्रहरीले नियन्त्रणमा लिएको हो। गत मंसिर १९ मा नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।गत मंसिर पहिलो साता बैंकको रेमिटेन्सतर्फ ठूलो रकमको हिसाब नमिलेपछि बैंकले जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि जाहेरी दिएको छ। बैं

सम्बन्धित सामग्री

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : आरोपीमध्ये चारजनाको बयान सकियो

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको करीब १५ करोड ७५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका पाँचमध्ये चार प्रतिवादीको बयान सकिएको छ । उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजन भट्टराईको इजलाशमा उनीहरूको बयान बिहीवार सकिएको हो । पक्राउ परेका रामेछाप घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेललाई कोरोना संक्रमण देखिएको छ । उनको हकमा संक्रमण ठीक भएपछि अदालतमा उपस्थित गराइनेछ । ‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका बैंकका तत्कालीन सीईओ विराटनगर–५ घर भएका ४७ वर्षीय नवीन सुवेदीको बयान बुधवार नै सकिएको थियो । बैंकका तत्कालीन जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख विराटनगर १ का २९ वर्षीय हिमाल भट्टराई, बैंकको लेखा प्रमुख विराटनगरका ४८ वर्षीय देवीप्रसाद भण्डारी र कनिष्ठ अधिकृत ३६ वर्षीय अमित थापा मगरको बयान बिहीवार साँझ सकिएको उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट ओमराज सुवेदीले जानकारी दिए । प्रतिवादीहरूको बयान दुई दिन लगाएर सकिएकाले शुक्रवार सबेरै थुनछेक बहस शुरू हुने उनले बताए । ‘अदालत खुलेपछि थुनछेक बहसका लागि गोलाप्रथाबाट इजलाश तोकिनेछ,’ उनले भने । थुनछेक बहसमा वादी र प्रतिवादीका कानून व्यवसायीले परैवी गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश हुनेछ । चार प्रतिवादीहरूको तर्फबाट पैरवी गर्न एक दर्जन कानून व्यवसायीले ‘वकालत नामा’ भरेका छन् । बैंकका तत्कालीन सीईओ सुवेदीले तीनजना कानून व्यवसायी राखेका छन् । बैंकिङ कसुर मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका बैंकका सीईओसहित ९ जना कर्मचारी र तीनजना खातावालाहरूलाई प्रतिवादी बनाएर अदालतमा मंगलवार अभियोग दर्ता गरेको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंक ३ करोडभन्दा बढी खुद नोक्सानीमा

माघ १६, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड २५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  गत वर्ष यस अवधिसम्म रू. ८० लाख ४८ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीले रू. ३ करोड ४५ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । कर्मचारी खर्च यस वर्ष बढेकाले कम्पनी सञ्चालन नोक्सानीमा गएको हो । गत वर्ष रू. ४ करोड ६९ लाखभन्दा बढी कर्मचारी खर्च गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ९० लाख गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको थियोे । हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको छ । रिटेन्ड अर्निग रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम रू. ११ करोडभन्दा बढी रहेको छ । कम्पनीले गत वर्षभन्दा १० दशमलव ३४ प्रतिशत कम अर्थात्  रू. ४ अर्ब ४ करोड निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४७ प्रतिशत बढी अर्थात् रू. ४ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष ४ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव २५ प्रतिशत पुगेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणः सीईओसहित थप तीन जना कर्मचारी पक्राउ

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा बैंकका सीईओ नवीन सुवेदीसहित थप तीन जना कर्मचारी पक्राउ परेका छन् ।

सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए । बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ […]

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड हिनामिना, एक कर्मचारी पक्राउ

विराटनगर- सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  बैंककै एक …

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साउन १९, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई विक्री गरेको आईपीओमा आवेदन निदे (आज) मंगलवार अन्तिम दिन रहेको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गरेको हो । आयोजना प्रभावित स्थानीमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गरेको हो ।  यो आईपीओ खरीदका लागि ढिलो अवधि भदौ २ गतेसम्म रहेपनि आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द गर्न लागेकोे कम्पनीले बताएको छ । उक्त आईपीओमा आज (मंगलवार) बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।   कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।  उक्त आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो शेयर खरीदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम, सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुम र जलविद्युत् आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्न लागेको हो ।  स्थानीय र आम सर्वसाधारणमा शेयर जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ ।