सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको ‘पानीमा रुझ्नु हुँदैन’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ । चित्रकथाको प्रमुख पात्र ईश्वरसँग पानी परेको बेला विद्यालय जान रेनकोट हुँदैन । त्यसैले, आमाको बिग्रेको छाता ओढेर जान्छ । झुत्रे छाता भनी साथीहरुले जिस्काउँछन् । तर नराम्रो नमानी बरु अरु साथीलाई पनि पानी परेकोबेला ओट दिन्छ ।पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने बिषयबस्तु प्रस्तुत गरिएको छ । कथालय इन्कले प्रकाशन गरेको यस चित्रकथाले