तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश छन् । यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा प्रस्तुत छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानो पंखी चरा निकै फुरुङ्ग परेको छ । किनकि ऊ सानो भएपनि उसका सपना निकै ठूला छन् । सानो पंखी चरा सपनाका व्यापारी आउने कुराबारे उल्लु काक