लिभरपुलसँग नयाँ करार गर्नअघि चेल्सी जान चाहन्थे शालाह

लिभरपुलसँग नयाँ करार गर्न अघि मोहमद शालाहले आफ्नो पूर्व क्लब चेल्सीमा फर्कने तयारी गरेको बेलायती पत्रिका द सनले दाबी गरेको छ । पत्रिकाका अनुसार चेल्सीका नयाँ मालिक टोड बोहेलीले ३० वर्षीय खेलाडीलाई भित्र्याउने तयारी गरेको तर नयाँ तीन वर्षको करारका कारण सो छलफलमा ब्रेक लागेको थियो ।यही कारणले लिभरपुलले हतारहतार ४ लाख पाउन्ड प्रतिहप्ता आम्दानी गर्ने गरी शालाहलाई नयाँ करार अफर गरेको बताइएको छ । नयाँ करारसँग शालाह लिभरपुलको इतिहासमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडी बनेका छन् । यसअघि भर्जिल भान डाइकल

सम्बन्धित सामग्री

चेल्सीका म्यानेजर टुकल बर्खास्त

डाइनामो जागरेबसँग १–० ले पराजित भएसँगै चेल्सीले क्लबका म्यानेजर थोमल टकुललाई बर्खास्त गरेको छ । यो सिजन प्रिमियर लिगमा समेत खराब सुरुवात गरेको चेल्सी मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित बनेको थियो ।क्लबका नयाँ मालिक टोड बोहलीले तत्कालै निर्णय गर्दै टुकललाई बर्खास्त गरेका हुन् । क्लबले एक विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक थोमस टुकलसँगको करार अन्त्य गरेको जानकारी दिएको हो । क्लबले टुकलले पुर्‍याएको योगदानप्रति उनलाई धन्यवाद ज्ञापन गरेको छ ।

डि लिटलाई भित्र्याउने छलफलमा चेल्सी

चेल्सीले सेन्टर ब्याक म्याथिस डि लिटलाई भित्र्याउन युभेन्टससँग छलफल सुरु गरेको छ । एन्टोनियो रुडिगर क्लब छाडेर रियल म्याड्रिड गएपछि चेल्सीले उनको विकल्पको खोजीमा रहेको छ ।चेल्सीले उनको स्थानमा डच सेन्टर ब्याकलाई आफ्नो प्रमुख टार्गेट बनाएको छ । चेल्सीले डि लिटका लागि आधिकारिक अफर प्रस्तुत नगरे पनि उनको उपलब्धताको बारेमा क्लबसँग छलफल गरेको छ । डि लिटको युभेन्टससँग २०२४ सम्मको करार रहेको छ । उनको करारमा १२ करोड युरोको रिलिज क्लज रहेको छ ।

चेल्सी फर्किए लुकाकु

बेल्जियन खेलाडीले लुकाकुले चेल्सीसँग पाँच वर्षे करार सम्झौता गरेका छन्। यसअघि सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो ।

क्लब रेकर्ड रकममा चेल्सी फर्किए लुकाकु

चेल्सीले स्ट्राइकर रोमेलुलाई इन्टर मिलानबाट क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले चेल्सी पाँच वर्षे करार गरेका छन् । सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो ।चेल्सीले लुकाकुलाई खर्च गरेको रकम केही दिनअघि म्यान्चेस्टर सिटीले ज्याक ग्रिलिसलाई अनुबन्ध गर्न सर्च गरेको बेलायतको कीर्तिमानी १० करोड पाउन्डभन्दा केही कम मात्र रह्यो । ‘म यहाँ धेरै सिक्नुपर्ने एउटा बालकका रुपमा आएको थिएँ । अहिले म धेरै अनुभव बटुलेर