डि लिटलाई भित्र्याउने छलफलमा चेल्सी

चेल्सीले सेन्टर ब्याक म्याथिस डि लिटलाई भित्र्याउन युभेन्टससँग छलफल सुरु गरेको छ । एन्टोनियो रुडिगर क्लब छाडेर रियल म्याड्रिड गएपछि चेल्सीले उनको विकल्पको खोजीमा रहेको छ ।चेल्सीले उनको स्थानमा डच सेन्टर ब्याकलाई आफ्नो प्रमुख टार्गेट बनाएको छ । चेल्सीले डि लिटका लागि आधिकारिक अफर प्रस्तुत नगरे पनि उनको उपलब्धताको बारेमा क्लबसँग छलफल गरेको छ । डि लिटको युभेन्टससँग २०२४ सम्मको करार रहेको छ । उनको करारमा १२ करोड युरोको रिलिज क्लज रहेको छ ।

सम्बन्धित सामग्री

लिभरपुलसँग नयाँ करार गर्नअघि चेल्सी जान चाहन्थे शालाह

लिभरपुलसँग नयाँ करार गर्न अघि मोहमद शालाहले आफ्नो पूर्व क्लब चेल्सीमा फर्कने तयारी गरेको बेलायती पत्रिका द सनले दाबी गरेको छ । पत्रिकाका अनुसार चेल्सीका नयाँ मालिक टोड बोहेलीले ३० वर्षीय खेलाडीलाई भित्र्याउने तयारी गरेको तर नयाँ तीन वर्षको करारका कारण सो छलफलमा ब्रेक लागेको थियो ।यही कारणले लिभरपुलले हतारहतार ४ लाख पाउन्ड प्रतिहप्ता आम्दानी गर्ने गरी शालाहलाई नयाँ करार अफर गरेको बताइएको छ । नयाँ करारसँग शालाह लिभरपुलको इतिहासमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडी बनेका छन् । यसअघि भर्जिल भान डाइकल