संसदीय दलमा ओली : अन्तर्घातदेखि अमेरिकी उपमन्त्रीबारेसम्म आपत्ति

बानेश्वरमा बसेको दलको बैठकमा ओलीले पार्टीभित्रको अन्तर्घात र अमेरिकी उप-विदेशमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिविरको भ्रमणबारे आपत्ति जनाएका हुन् ।

सम्बन्धित सामग्री

कर्णाली समाजवादीको सचेतकमा संसदीय समितिकी अध्यक्ष ओली, एमालेको आपत्ति

सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेससभामा अन्तरगतको सामाजिक विकास समितिकी अध्यक्ष रहेकी देवी ओलीलाई दलको सचेतक बनाएको छ । यसप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । ‘समितिको अध्यक्ष भनेको साझा हो । त्यो पदको छुट्टै महत्व छ’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘यो त सभामुखलाइ कुनै दलको प्रमुख सचेतक बनाएजस्तो […]

सभामुखज्यू, नाङ्लो ठटाएर हात्ती तर्साउने काम नगर्नुस् - अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ । आज मङ्गलवार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिनुभएको हो । उहाँले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताउनुभयो । अध्यक्ष ओलीले धम्की दिने जमाना गए...

समाजवादीको प्रतिवादः हामीलाई संसदमा छिर्न नदिने ओली को हुन्?

काठमाडौँ – आफ्ना पार्टीका सांसदलाई संसदमा स्वीकार नगर्ने एमालेको निर्णयप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ। संसद बैठक अघि बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्नो अस्तित्व स्वीकार नगर्ने एमालेको निर्णयको विरोध गर्ने भएको हो। बुधबार नै बसेको एमाले संसदीय दलको बैठकले आफूले कारबाही गरेका सांसदलाई गनेर निर्वाचन आयोगले पार्टीको मान्यता दिएको भन्दै सभामुख र […]

सभामुखलाई दबाब दिएकोमा गठबन्धनको आपत्ति

सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक, सचेतकहरुसहितको सोमबार सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र […]

एमाले विवाद संसदीय समितिमा पोखिएपछि…

प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार कार्यसूचीअनुसार नै बैठक चलिरहेको थियो। सदस्यहरुले सहज रुपमै आफ्ना धारणा राखिरहेका थिए। त्यहीक्रममा समितिका केही सदस्यले केपी ओली नेतृत्वको सरकारमा सहभागी पूर्वमन्त्रीहरु समितिमा बस्न नपाउने तर्क गरे। तर सदस्य नारदमुनी रानाले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै ती तर्कप्रति आपत्ति जनाए। त्यसपछि समितिको माहोल एकाएक बिग्रियो। रानाको भनाइप्रति सबैभन्दा बढी आपत्ति […]

पशुपतिनाथको पूजा, तर त्यो के धार्मिक अनुष्ठान मात्र हो ?

ओलीले पशुपतिनाथको पूजा गर्छन् भने त्यो उनको व्यक्तिगत धार्मिक स्वतन्त्रताको विषय हो । त्यसका लागि हामीले कुनै आपत्ति प्रकट गर्नुपर्ने आवश्यकता छैन । ओलीलाई हामीले कम्युनिस्ट मानेका छैनौँ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट उनको विचलन भइसकेको छ । त्यो अवस्थामा उनले पशुपतिनाथको पूजा गर्छन् भने पनि त्यो कुनै आश्चर्यको कुरा होइन । तर हाम्रो ध्यान उनले गरेको पशुपतिनाथको पूजा भन्दा बढी त्योसँग जोडिएको राजनीतिक पक्षतिर छ । ओली आफ्नो सङ्गठनमा र संसदीय दलमा समेत अल्पमतमा पर्ने स्थिति उत्पन्न भएपछि उनका अगाडि आफ्नो पदको रक्षाको प्रश्न गम्भीर रुपमा अगाडि आयो । खास गरेर उनको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्तिका कारणले उनका लागि व्यक्तिगत पद सबैभन्दा महत्वपूर्ण कुरा बन्न गएको छ । अब यो कुरा ओलीले राम्ररी बुझेका छन कि उनले संसदको विघटन गर्ने जुन कार्य गरे, त्यसले संविधानसित अलिकति पनि मेल खाँदैन । उनले वाह्य रुपले त्यसका पक्षमा जति शक्ति लगाए पनि उनको कदम असंवैधानिक भएको कुरा उनको आत्मले उनलाई बताइसकेको छ । उनको कदमका विरुद्ध देशव्यापी रुपमा आन्दोलन चलिरहेको छ । सबै संविधानविद्, बुद्धिजीवि र आमजनता समेतले उनको कदमलाई गलत ठह¥याइरहेका छन् र स्वयम् उनको पक्षमा भएका मानिसहरुले पनि संसदको विघटनको कार्य सही भएको कुनै तर्क दिन सकिरहेका छैनन् । त्यो स्थितिमा ओली वास्तवमा भित्रभित्रै आफ्नो पदको लागि सशंकित भएका छन् । त्यसैले आफ्नो रक्षाको लागि उनी पशुपतिनाथको शरणमा पुगेका छन् । तर त्यो वाह्य र प्रकट रुप मात्र हो । वास्तवमा त्यसरी उनी भारतका कट्टर हिन्दूवादी शासकवर्ग र राष्ट्रिय स्वयम्सेवक सङ्घ समेतको शरणमा पुगेका हुन् । पशुपतिनाथको पूजा गरेर उनले यो देखाउने प्रयत्न गरेका छन् कि उनी पनि हिन्दू धर्मका पक्षमा छन् । त्यसरी उनीहरूको अनुग्रह प्राप्त गरेर उनले आफ्नो रक्षा गर्ने प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यस सन्दर्भमा यो पनि प्रश्न उठाउने ठाउँ छ ः उनको पशुपतिनाथ मन्दिर र भारतीय कट्टर हिन्दूवादी दिशाको त्यो दौडको क्रममा कहीँ उनी हिन्दूराष्ट्र र राजतन्त्रको पुनस्र्थापनासम्म ...

सुदूरपश्चिम नेकपा संसदीय दलको बैठक : ओली कदमविरुद्ध ३० सांसदको हस्ताक्षर

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बोलाएको बैठकले तीनबुँदे निर्णय गरेको छ।बैठकले देश कोरोना महामारीसँग जुधिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनप्रति आपत्ति जनाउदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले दृढता साथ लाग्ने, प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर बढाउने निर्णय गरेको हो।नेकपा अहिले फुटको संघारमा रहेको अवस्थामा संसदीय दलले ससाना समूह वा गुटमा नलाग