धनगढी : सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बोलाएको बैठकले तीनबुँदे निर्णय गरेको छ।बैठकले देश कोरोना महामारीसँग जुधिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनप्रति आपत्ति जनाउदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले दृढता साथ लाग्ने, प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर बढाउने निर्णय गरेको हो।नेकपा अहिले फुटको संघारमा रहेको अवस्थामा संसदीय दलले ससाना समूह वा गुटमा नलाग