काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ ।

सम्बन्धित सामग्री

काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं ।  नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ […]

काठमाडौं १० बाट कांग्रेसका राजेन्द्र केसीको ह्याट्रिक

एमालेका हिमेश केसीलाई पराजित गर्दै कांग्रेसका केसीले काठमाडौं १० मा ह्याट्रिक जित निकालेका हुन् ।

काठमाडौं-१० प्रदेशसभा १ मा कांग्रेसका पुकार महर्जन निर्वाचित

काठमाडौँ — काठमाडौं – १० को प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् । सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । यहाँ नेकपा […]

काठमाडौं–१० मा कांग्रेस अगाडी, दोस्रोमा घण्टी

काठमाडौं, ५ मंसिर । काठमाडौं–१० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतसहित प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ६९५ मत गरेका छन् । यसैगरी, नेकपा एमालेका हिमेश केसीले ६७२ मत प्राप्त गर्दा माओवादीकी […]

काठमाडौं १० मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।

काठमाडौं १० : केसी ह्याट्रिक प्रयासमा, एमाले–माओवादी चुनौती

काठमाडौं १० को सिमाना ललितपुर, मकवानपुर, धादिङ जिल्लासम्म फैलिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरूले देशभर गठबन्धन गरे पनि यहाँ भने गठबन्धन हुन...

गठबन्धनको निर्णय काठमाडौं–१० मा माओवादीले मानेन

नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० ले आफ्नो उम्मेदवार कायमै रहेको जनाएको छ । शनिवार माओवादी केन्द्र काठमाडौं १० का क्षेत्रीय इन्चार्ज उगर्ने लामा (संजय) र १० ख का इन्चार्ज पुरुषोत्तम सुनारले विज्ञप्ति जारी गर्दै शुक्रवार गठबन्धनले गरेको निर्णयप्रति असहमति जनाएका हुन् । उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश क मा मित्रवत् प्रतिस्पर्धा गर्ने र प्रदेश सभा ख मा एकीकृत समाजवादीका उम्मेदवार साझा रहेको गठबन्धनले निर्णय गरेको थियो । सो निर्णयमा माओवादीको क्षेत्रीय कमिटीले आपत्ति जनाएको ह

काठमाडौं १० मा त्रिपक्षीय भीडन्त : राजन केसीलाई विशंखेको पनि चुनौती

काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनको तालमेल नभएपछि त्रिपक्षीय भीडन्त हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य राजन केसीलाई नेकपा एमालेका हिमेश केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले टक्कर दिन लागेका हुन् ।काठमाडौं १० माओवादीले आफ्नो दाबी छोड्न मानेको थिएन । त्यसैले गठबन्धनबाट माओवादकी विशंखेले चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, कांग्रेसका राजन केसीले छोड्न नमानेपछि तालमेल हुन नसकेको हो । २०७० साल र २०७४ सालमा समेत केसीले चुनाव जितेकाले माओवादीलाई छोड्न मानेन् । आफू स्वतन्त्र उठे

काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

२५ असोज, काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र […]