काठमाडौं । नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ […]
काठमाडौँ — काठमाडौं – १० को प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् । सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । यहाँ नेकपा […]
राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ ।
काठमाडौं, ५ मंसिर । काठमाडौं–१० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतसहित प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ६९५ मत गरेका छन् । यसैगरी, नेकपा एमालेका हिमेश केसीले ६७२ मत प्राप्त गर्दा माओवादीकी […]
५ मंसिर, काठमाडौं । काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।
काठमाडौं १० को सिमाना ललितपुर, मकवानपुर, धादिङ जिल्लासम्म फैलिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरूले देशभर गठबन्धन गरे पनि यहाँ भने गठबन्धन हुन...
नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० ले आफ्नो उम्मेदवार कायमै रहेको जनाएको छ । शनिवार माओवादी केन्द्र काठमाडौं १० का क्षेत्रीय इन्चार्ज उगर्ने लामा (संजय) र १० ख का इन्चार्ज पुरुषोत्तम सुनारले विज्ञप्ति जारी गर्दै शुक्रवार गठबन्धनले गरेको निर्णयप्रति असहमति जनाएका हुन् । उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश क मा मित्रवत् प्रतिस्पर्धा गर्ने र प्रदेश सभा ख मा एकीकृत समाजवादीका उम्मेदवार साझा रहेको गठबन्धनले निर्णय गरेको थियो । सो निर्णयमा माओवादीको क्षेत्रीय कमिटीले आपत्ति जनाएको ह
काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनको तालमेल नभएपछि त्रिपक्षीय भीडन्त हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य राजन केसीलाई नेकपा एमालेका हिमेश केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले टक्कर दिन लागेका हुन् ।काठमाडौं १० माओवादीले आफ्नो दाबी छोड्न मानेको थिएन । त्यसैले गठबन्धनबाट माओवादकी विशंखेले चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, कांग्रेसका राजन केसीले छोड्न नमानेपछि तालमेल हुन नसकेको हो । २०७० साल र २०७४ सालमा समेत केसीले चुनाव जितेकाले माओवादीलाई छोड्न मानेन् । आफू स्वतन्त्र उठे
२५ असोज, काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र […]