मणिको चार गोलमा शंखमुल फाइनलमा

विजय नेपाली, पोखरा मणि लामाले ह्याट्रिकसहित चार गोल गरेपछि शंखमुल फुटसल काठमाडौंले अतिरिक्त समयमा दि राइजिङ क्लब धरानमाथि जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा शंखमुलले राइजिङलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै फाइनलमा स्पोर्ट्स क्यासल पोखरासँगको भेट पक्का गरेको हो । शंखमुलको […]

सम्बन्धित सामग्री

दलबलसहित शंखमुल पुगे बालेन, अन्डरग्राउन्ड खाली गर्न उर्दी

काठमाडौं : अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन  साह  सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ। बिहीबार  बिहान  मेयर बालेनसहित डिआइजी मीरा चौधरी शंखमुल वर्गर हाउसको अन्डरग्राउण्डमा अवलोकनमा पुगेका हुन्।अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन (फोटोफिचर)

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।

अनधिकृत रुपमा बनाएका संरचना हटाउन ‘वार्निङ’ दिँदै शंखमुल पुगे मेयर बालेन साह

काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह शंखमुल पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङ क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यक्तिलाई तत्काल सामान हटाएर पार्किङकै रुपमा कायम राख्ने निर्देशन दिएका हुन्। सम्बन्धित…

शंखमुल पुलबाट बागमतीमा हाम फालेपछि …

ललितपुर । बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझी बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् । उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् । […] The post शंखमुल पुलबाट बागमतीमा हाम फालेपछि … appeared first on राजधानी राष्ट्रिय दैनिक.

शंखमुल पुलबाट बागमतीमा हाम फालेपछि …

ललितपुर । बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् । उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् । […] The post शंखमुल पुलबाट बागमतीमा हाम फालेपछि … appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्षात्मा अवरुद्ध शंखमुल-खर्सुबास सडकको अझै भएन मर्मत

सल्यान : गत वर्षात्‌मा अवरुद्ध बनेको शंखमुल-खर्सुबास सडक मर्मत नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ। वर्षात्‌ सकिएको लामो समय बितिसक्दा पनि अवरुद्ध सडक अझै सञ्चालनमा आउन नसकेको हो।वर्षात्‌का कारण अवरुद्ध भएका ग्रामीण सडक मर्मत नगरिँदा पैदलयात्रीले समेत जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको छत्रेश्वरी गाउँपालिका–४ बस्नेउराका गणेश नेपालले बताए। गाउँपालिकाले भदौभित्र सडक मर्मत गर्ने बताए पनि अर्को वर्षात्‌ शुरु हुने समय आउन लाग्दासमेत मर्मत हुन नसकेको उन

फुटसल लिग उपाधिका लागि क्यासल र शंखमुल भिड्दै

विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा घरेलु टोली स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमुल फुटसल भिड्दैछन् । लिगको सुरुवातदेखि यी दुई टोलीलाई फाइनलको दाबेदारको रुपमा लिइएको थियो । अझ रोमाञ्चक कुरा त के हो भनेदेखि यी दुई टिम लिग चरणमा समेत बराबरी खेलेका थिए । क्यासल लिगमा शीर्षस्थानमा रहँदै प्लेअफ पुगेको […]

शंखमुल नेशनल लिग फुटसलको फाइनलमा

२१ असोज, काठमाडौं । शंखमुल फुटसल नेशनल लिग फुटसलको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै शंखमुलले स्पोटर्स क्यासलसँग उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो, जसमा शंखमुलले बाजी मार्‍यो । स्पोटर््स क्यासल, राइजिङ क्लबलाई नै […]

शंखमुल फुटसल ल नेशनल फुटसल लिगको क्वालिफायरमा

२० असोज, काटमाडौं । शंखमुल फुटसल नेशनल फुटसल लिगको क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटर म्याचमा सबिन मेमोरियललाई ३–२ ले हराउँदै शंखमुलले राइजिङ क्लब धरानसँग भेट पक्का गरेको हो । बुधबार नै भएको पहिलो क्वालिफायरमा राइजिङ क्लब, स्पोर्टस क्यासल पोखरासँग पराजित भएको थियो । जितसँगै स्पोर्टस क्यासल फाइनलमा पुगिसकेको छ । अब उसले उपाधिका […]

शंखमुल फुटसललाई कुजु नेपालको प्रायोजन

शंखमुल फुटसललाई कुजु नेपालले प्रयोजन गर्ने भएको छ । आगामी असोज पहिलो सातादेखि पोखरामा चल्ने पहिलो राष्ट्रिय ‘ए डिभिजन फुटसल’ लिगमा कुजु नेपालले शंखमुललाई प्रयोजन गर्ने भएको हो । उक्त ए डिभिजन लिग फुटसल असोज २ देखि २३ गतेसम्म चल्ने छ । प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो । एन्फा फुटसलका प्रमुख विनोद गुरुङ्गको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डे तथा शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको