काठमाडौं : अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ। बिहीबार बिहान मेयर बालेनसहित डिआइजी मीरा चौधरी शंखमुल वर्गर हाउसको अन्डरग्राउण्डमा अवलोकनमा पुगेका हुन्।अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन