वर्षात्मा अवरुद्ध शंखमुल-खर्सुबास सडकको अझै भएन मर्मत

सल्यान : गत वर्षात्‌मा अवरुद्ध बनेको शंखमुल-खर्सुबास सडक मर्मत नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ। वर्षात्‌ सकिएको लामो समय बितिसक्दा पनि अवरुद्ध सडक अझै सञ्चालनमा आउन नसकेको हो।वर्षात्‌का कारण अवरुद्ध भएका ग्रामीण सडक मर्मत नगरिँदा पैदलयात्रीले समेत जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको छत्रेश्वरी गाउँपालिका–४ बस्नेउराका गणेश नेपालले बताए। गाउँपालिकाले भदौभित्र सडक मर्मत गर्ने बताए पनि अर्को वर्षात्‌ शुरु हुने समय आउन लाग्दासमेत मर्मत हुन नसकेको उन

सम्बन्धित सामग्री

पहिराे खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, स्याउ र आलु निकासीकाे काम प्रभावित

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा गए राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

बेनी-जोमसोम सडक अवरुद्ध

पाेखरा- बेनी-जोमसोम सडकको म्याग्दीखण्ड अवरुद्ध बनेको छ। बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा गए राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो। बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सिधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीका प्रमुख […]

नारायणगढ-मुग्लिन सडक खण्डको मौरी खोलामा पहिरो खस्दा सडक अवरुद्ध

चितवनको नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा गएराति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।...

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिए पछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०:१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिए पछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड खुल्यो

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  सडकको डाइभर्सन बाढीले बगाउँदा बुधबार बिहानदेखी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ...

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको सडक अझै खुलेको छैन । उक्त सडक बुधबार विहान छ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक अझै नखुलेको...

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो ।जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

काठमाडाैँ – पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो । जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि […]

अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्रयाक खोलियोे

जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डको सडक ट्रयाक खोल्ने काम सकिएको छ । कात्तिक पहिलो साता भएको वर्षासँगै आएको बाढीले कटान गरेपछि उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध थियो ।बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको थियो । करिब ४ सय मिटर सडक बाढीले कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर […]

जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध

लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरीखोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ । जुम्ला–जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका–७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौ गाउँबस्तीका नागरिकको जनजीवन […]