म्याग्दी : होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितको ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पताल भर्ना हुन थालेका छन्। बेनी अस्पताल संक्रमितले विस्तारै भरिन थालेका छन्। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएका थिए। हाइफ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य संक्रमितमा अक्सिजनको कमी र निमोनिया देखिएको अस्पतालले जनाएको छ। सोमबार अस्पतालमा भर्ना भएर उपचार गराउने संक्रमित संख्या ३२ पुगेको अस्पताल प्रशासनले जनाएको छ।म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्य