गोरखा : गण्डकी प्रदेश सरकारले स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७ ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार पोखरा सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसदमा प्रस्तुत गरिसकेका थिए।बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारले नीति तथा कार्यक्रम सोमबा